सत्ता कसरी चलाउनु पर्छ भन्ने राजमोको सरकार रहेको बरेङ गाँउपालिकाबाट सिक्नु पर्ने ः ढुङगाना
दिपेन्द्र परियार १७ चैत्र २०७८।राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुङगानाले एमाले माओबादी र कांग्रेस मिलेर मुलुकलाई संघियताको दलदलमा धकेलेर देशलाई आर्थिक संकटमा डुवाउदै लगेकोे बताउनुभयो ।
बिहिबार बरेङ गाँउपालिका वडा न ३ मा राष्ट्रिय जनमोर्चाको स्थानिय तह चुनाबी भेला लाई सम्बोधन गर्दै ढुङगानाले नेपाल जस्तो सानो मुलुकले संघिएता धान्न सक्दैन भनेर राजमोले पटक पटक संसद तथा सडकबाट ठुला दलहरुलाई सचेत गराउदा पनि जनताको ईच्छा बिपरित बिदेशीको ईसारामा नेपाली जनतामाथि जबरजस्ती संघिएता र एम सिसि परियोजना जस्ता राष्ट्रघाति योजनाहरु भित्राएर नेपाली जनतालाई बिभाजित बनाउन लागी परेको बताउनुभएको हो ।
बरेङमा राष्ट्रिय जनमोर्चा झनै बलियो बन्दै गईरहेको भन्दै एमालेले फैलाएको झुट र भ्रममा नपर्न आफ्ना नेता कार्यकर्ता तथा सुभचिन्तकहरुलाई आग्रह गर्नुभयो ।
देश लुट्न पल्केकाहरु निर्बाचनको मुखमा आएर जनतालाई झुटा आस्वासन देखाउदै बिभिन्न प्रलोभनमा पारेर जनता र सिङ्गो मुलुकमाथी घात प्रतिघात गर्दै आईरहेको बताउदै सच्चादेश भक्त र राष्ट्रप्रेमीहरु सबै नागरिकलाई राष्ट्रिय जनमोर्चामा आबद्ध हुन आव्हान गर्नुभयो ।
भ्रष्टचार, संघियता र एम सिसि परियोजना जस्ता राष्ट्रघाति योजनाहरुलाई ध्वस्त पार्न राष्ट्रिय जनमोर्चाले मात्रै सक्ने भन्दै त्यसका लागी देशैभरिका जनताहरुलाई गिलास चिन्हमा मतदान गर्न उहाँले आग्रह गर्नुभयो । अर्को परिस्थिति सिर्जना नहुन्जेल सम्म राष्ट्रिय जनमोर्चा एक्लै चुनाब लड्ने जानकारी गराउदै त्यहिअनुसारको ब्यापक तयारीमा लाग्न पार्टिका नेता कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो ।
अहिलेको सासन ब्यबस्थाले जनताको सबै समस्याहरु समाधान गर्न नसक्ने भएपनि नागरिकका अधिकतम आबस्यकताहरु कसरी पुरा गर्ने तथा स्थानिय सरकार र सत्ता कसरी चलाउनु पर्छ भन्ने उदाहरण राजमोको सरकार रहेको बरेङ गाँउपालिकाबाट सिक्नु पर्ने ढुङगानाको दाबी थियो ।
कार्यक्रममा मुल प्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय उपाध्यक्ष प्रेम पौडेल, अखिल नेपाल शिक्षक संघका केन्द्रिय सचिव कृष्ण आचार्य, प्रगतिशिल पत्रकार संघका केन्द्रिय सदस्य ताराप्रसाद शर्मा लगाएतको उपस्थिति रहेको थियो ।
भेला राष्ट्रिय जनमोर्चा बरेङ गाँउपालिका वडा न ३ का अध्यक्ष पृथ्बी बहादुर पुनको अध्यक्षता, राष्ट्रिय जनमोर्चा बरेङ गाँउपालिका वडा न ३ का उपाध्यक्ष मन बहादुर पुनको स्वागत तथा राष्ट्रिय जनमोर्चा बरेङ गाँउपालिका वडा न ३ का सचिब पुर्ण परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।
भेलाले चुनाव सम्पन्न गर्नका लागि निर्वाचन परिचालन समिति, आर्थिक व्यवस्थापन समिति, प्रचार प्रसार समिति र स्वयमसेवक परिचालन समिति पनि गठन गरेको सचिव पूर्ण परियारले जानकारी दिनुभयो ।
« राष्ट्रिय जनमोर्चा कालीगण्डकी गापा ५ फोक्सिङ्गको चुनाबी प्रचार भेला सम्पन्न «
» गुल्मीको कालिगण्डकीमा राष्ट्रिय जनमोर्चा बैकल्पिक शक्तिको रुपमा उदाउदै »







