दर्ता. न‌: २४५/०६५/०६६

गुल्मीको कालिगण्डकीमा राष्ट्रिय जनमोर्चा बैकल्पिक शक्तिको रुपमा उदाउदै

दिपेन्द्र परियार १९ चैत्र २०७८ । राष्ट्रिय जनमोर्चा कालिगण्डकी गाउँपालिका वडा नम्बर ७ भुर्तुंग को चुनाबी भेला धुँवाखोला मा सम्पन्न भएको छ। भेला लाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा का केन्द्रिय सदस्य रामकुमार क्षेत्रीले कालिगण्डकी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले बैकल्पिक शक्तिको रुपमा बलियो उपस्थिति जनाइसकेको बताउनु भयो। क्षेत्रीले देश र जनता प्रति इमान्दार एक मात्र पार्टी राष्ट्रिय जनमोर्चा मात्र रहेकाले गिलास चिन्हमा मतदान गरेर बहुमत सहित बिजयी बनाउनुको विकल्प नरहेको दाबि गर्नुभयो। 

राष्ट्रिय जनमोर्चा वडा कमिटिका अध्यक्ष बिनोद गिरीको अध्यक्षता,चन्द्र बहादुर गुरुङ को स्वागत र यमन पुनको संचालनमा सम्पन्न भेलाले बिनोद गिरिको संयोजकत्वमा ५ सदस्य चुनाब परिचालन समिति, किस्न पुनको संयोजकत्वमा ३१ सदस्य चुनाब प्राचार प्रसार समिती, तीन सदस्य आर्थिक समिती , र १७ सदस्यिय  स्वयंसेवक समिती पनि गठन गरेको वडा कमिटिका अध्यक्ष गिरीले जानकारी दिनुभयो।

भेलामा राजमो गुल्मी जिल्ला सदस्य पुर्ण बा थापाको बिशेस उपस्तिथि, राजमो कालीगण्डकी उपाध्यक्ष तथा ४ नम्बर वडा अध्यक्ष सुर्य बहादुर क्षेत्री , कालीगण्डकी गाँउपालिका रक्तिम अभियानकी सदस्य ललिता थापा , राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाँउपालिका ३ कि अध्यक्ष बेलमाया थापा, अखिल छैटौं विद्यार्थी सङ्ग गुल्मी जिल्ला सदस्य गंगा गिरि, राजमो वरिष्ठ सदस्य ओम प्रकाश गुरुङ्गको आतित्थ्यता रहेको थियो। 

भेलामा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले आफ्नो प्रश्तुति राखेका थिए ।

« सत्ता कसरी चलाउनु पर्छ भन्ने राजमोको सरकार रहेको बरेङ गाँउपालिकाबाट सिक्नु पर्ने ः ढुङगाना «

» बरेङ्ग गाउँपालिका को समग्र बिकाशको लागि रास्ट्रिय जनमोर्चाको जितको विकल्प छैन ः ढुङगाना »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal