दर्ता. न‌: २४५/०६५/०६६

बरेङ्ग गाउँपालिका को समग्र बिकाशको लागि रास्ट्रिय जनमोर्चाको जितको विकल्प छैन ः ढुङगाना

दिपेन्द्र परियार १९ चैत्र २०७८ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुङगानाले बरेङ्ग गाउँपालिका को समग्र बिकाशको लागि राष्ट्रिय जनमोर्चाको जितको  विकल्प नरहेको बताउनुभएको छ  । शुक्रबार बरेङ्ग गाउँपालिका वडा नम्बर ५ सुखौरा र वडा नम्बर ४ शल्यान मा सम्पन्न उक्त पार्टीको चुनाबी भेला लाइ सम्बोधन गर्दै नेता ढुंगानाले ५ बर्षको अबधिमा बरेङ्ग गाउँपालिका मा राष्ट्रिय जनमोर्चा नेतृत्वको स्थानीय सरकारको काम बाग्लुङ्ग जिल्लामा मात्र नभएर गण्डकी प्रदेशमै उत्कृष्ट रहेको दाबि गर्नुभयो।   

यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै बरेङ्ग गाउँपालिकाका अध्यक्ष कृष्ण प्रशाद शर्माले बरेङ्ग गाउँपालिका मा राष्ट्रिय जनमोर्चाको लोकप्रियता देखेर अत्तालिएका केहि पार्टीहरु जनतामा झुठ र भ्रम फैलाउन तल्लिन रहेकाले शशक्त प्रतिबाद गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो। 

उक्त चुनाबी भेलालाई मुलप्रबाह अखिल भारत नेपालि एकता समाज का केन्द्रिय उपाध्यक्ष प्रेम पौडेल,रास्ट्रिय जनमोर्चाका शल्लाहकार टिकाराम शर्मा,शिक्षक संघका केन्द्रिय सचिब कृष्ण आचार्य,प्रगतिशील पत्रकार संघका केन्द्रिय सदस्य तारा प्रशाद शर्मा लगाएतले सम्बोधन गर्नुभएको थियो। 

भेलाले चुनाव सम्पन्न गर्नका लागि निर्वाचन परिचालन समिति, आर्थिक व्यवस्थापन समिति, प्रचार प्रसार समिति र स्वयमसेवक परिचालन समिति गठन गरेको रास्ट्रिय जनमोर्चा बरेङ्ग ले जानकारी दिएको छ ।

« गुल्मीको कालिगण्डकीमा राष्ट्रिय जनमोर्चा बैकल्पिक शक्तिको रुपमा उदाउदै «

» बरेङ गाँउपालिकामा राष्ट्रिय जनमोर्चाको पहिलो चरणको चुनाब केन्द्रित कार्यक्रम सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal