बरेङ गाँउपालिकामा राष्ट्रिय जनमोर्चाको पहिलो चरणको चुनाब केन्द्रित कार्यक्रम सम्पन्न
दिपेन्द्र परियार १९ चैत्र २०७८ । राष्ट्रिय जनमोर्चा बरेङ गाँउपालिका वडा न २ हुग्दिसिरको चुनाबि भेला पोखराचौर को लेटाका पोखरामा सम्पन्न भएको छ ।
वडा न २ को भेला सँगै बरेङ गाँउपालिकामा राष्ट्रिय जनमोर्चाको पहिलो चरणको चुनाब केन्द्रित कार्यक्रम सम्पन्न भएको हो ।
यस अगाडि उपल्लो कमिटिबाट उमेदबारको छनोट गरिदै आएकोमा अहिलेको समय सापेक्ष कार्यकर्ता सुभचिन्तकको चाहना अनुसार जनबादि प्रणाली अपनाउदै कार्यकर्ता सम्म उमेदबार छनोटको सुझाब संकलन थालिएको बताउदै बिभिन्न जनबर्गिय संगठनमा काम गरेका पनि वडाको जनप्रतिनिधी बन्नका लागी उमेदबार दिन सक्ने ढुङगानाकोे भनाई थियो ।
जनताको नजिकको सरकार स्थानिय सरकार भएकाले स्थानिय सरकारमा जनताको अपेक्षा अनुसारको कार्य गर्न सक्ने ब्यतिm जान आबस्यक रहेको उहाँको भनाई छ ।
बरेङ गाँउपालिकामा राष्ट्रिय जनमोर्चाको नेतृत्वले कसैबाट पनि आलोचना हुने गरि काम नगरेको भन्दै पालिकाका सवै कामलाई थप व्यवस्थित गर्नका लागि जनमोर्चाका नेताहरुलाई जिताउनुपर्ने ।
नेकपा एमालेका नेताले पार्टि केन्द्रमा शक्ति प्राप्त गर्न र आफ्नै नेतालाई झुक्याउन बिभिन्न जिल्लाबाट मान्छे बोलाएर बरेङमा जनआधार देखाउन खोजेको बताउनु भयो । जनमोर्चाको लोकप्रियतालाई रोक्न बरेङ गाँउपालिकामा परेका करोडौका योजनामा नेकपा एमालेका केहि नेता कार्यकर्ताले अबरोध पु¥याएको आरोप लगाउनु भयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा बाग्लुङ जिल्ला सदस्य हिरा बहादुर थापा,मुल प्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय उपाध्यक्ष प्रेम पौडेल, अखिल नेपाल महिला संघ बाग्लुङकी उपाध्यक्ष दिलकुमारी पुन, लगाएतले मन्तब्य राख्नुभएको थियो ।
भेलाले १५ सदस्यिय निर्बाचन परिचालन समिती, २ सय ५सदस्यिय प्रचार प्रसार समिति र ११ सदस्यीय आर्थिक समिति गठन गरेको छ । राष्ट्रिय जनमोर्चा बरेङ गाँउपालिका वडा न २ का अध्यक्ष केहरसिंङ पुनको अध्यक्षता ,राजमो बरेङ वडा न २ का उपाध्यक्ष देब बहादुर खत्रीको स्वागत, चन्द्र बहादुर श्रीसको सञ्चालनमा चुनाबि भेला सम्पन्न भएको थियो ।
« बरेङ्ग गाउँपालिका को समग्र बिकाशको लागि रास्ट्रिय जनमोर्चाको जितको विकल्प छैन ः ढुङगाना «
» राष्ट्रिय जनमोर्चा छत्रकोट ३को चुनावी भेला सम्पन्न ३१ सदस्यीय चुनाव प्रसार प्रचार समिति निर्माण »







