दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा बिद्युतको क्षमता बिस्तार ः माग अनुसारको बिद्युत सजिलै उपलब्ध हुने

दिपेन्द्र परियार २० चैत्र २०७८ । बरेङ गाँउपालिका बरेङबजार स्थित धुल्लुबास्कोट हुग्दिसिर सामुदायिक ग्रामिण बिद्युतको क्षमता बिस्तार गरिएको छ ।

बरेङ गाँउपालिका वडा न १ र २ बरेङ बजार स्थित बरेङ लोड सेन्टरमा ५० केभिए क्षमताको ट्रान्समिटर हटाएर अहिले १०० केभिए क्षमताको ट्रान्समिटर जडान गरिएको हो ।

यस अगाडि ५० केभिए क्षमताको ट्रान्समिटर बाट बिद्युत बितरण गर्दा बिद्युत लोड बढि भएर पटक पटक बिद्युत अबरोध हुने गरेको थियो ।पटक पटक बिद्युत अबरोध हुँदा ग्रामिण क्षेत्रमा सञ्चालनमा रहेका उद्योग कलकारखना सञ्चालनमा समस्या हुदै आईरहेको थियो । 

बिद्युतको क्षमता बिस्तार सँगै हाल देखा परेका समस्याहरु समाधान हुने धुल्लुबास्कोट हुग्दिसिर सामुदायिक बिद्युतिकरण का अध्यक्ष हिरा बहादुर थापाले बताउनु भयो । जनघनत्व र कलकारखाना बढेसँगै बिद्युतको माग समेत बढ्दै गईरहेको अबस्थामा ट्रान्समिटर जडान सँगै अब प¥याप्त बिद्युत उपलब्ध गराउन सकिने अध्यक्ष थापाको भनाई छ ।

९० प्रतिशत सरकार को १० प्रतिशत उपभोक्ताको लगानीमा  सामुदायिक बिद्युत बितरणकेन्द्र बाग्लुङका प्रमुख दिलिप मरासिनी ,ईन्जीनियर दिपक थापा,लगाएतको उपश्थितिमा ट्रान्समिटर जडान गरिएको हो ।

« राष्ट्रिय जनमोर्चा छत्रकोट ३को चुनावी भेला सम्पन्न ३१ सदस्यीय चुनाव प्रसार प्रचार समिति निर्माण «

» जनता सँग अदालतको संबाद कार्यक्रम बरेङ गाउपालिकामा सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal