जनता सँग अदालतको संबाद कार्यक्रम बरेङ गाउपालिकामा सम्पन्न
दिपेन्द्र परियार २० चैत्र २०७८ । मेलमिलाप गरौ,विवाद नबढाऔं भन्ने नारा सहित न्यायमा बाह्य पहुँच कार्यक्रम अन्तर्गत जनता सँग अदालतको संबाद बरेङ गाउपालिकामा सम्पन्न भएको छ ।
कार्यक्रममा बाग्लुङ जिल्लाका जिल्ला न्यायधिस बासुदेब न्यौपाने, बागलुङ जिल्ला अदालत श्रेस्तदार सुर्य प्रसाद भण्डारी,तहशिलदार साखा अधिकृत जगत बहादुर भण्डारी सहितको टोलीले बरेङ गाँउपालिका न्यायसमितिको कामकार्यको निरिक्षण गर्नुका साथै अदालती प्रकृयाको बिषयमा जानकारी गराउनु भएको हो ।
कर्यक्रमको बिषयमा जानकारी दिदै न्यौपानेले अन्न्यायमा परेका नागरिकले न्याय पाउने ठाँउ पालिका स्थित न्याय समिति भएको बताए । न्यायधिसले गर्ने न्याय कागजि न्याय हुदाँ कतिपय अबस्थामा निर्दोस ब्यक्तिले समेत सजाय भोग्नुपर्ने अबस्था आउन सक्ने बताउनु भयो । पालिका स्थित न्यायपालिकामा जनप्रतिनिधीले दिने न्याय बास्तबिक र प्रभाबकारी हुने न्यौपानेको भनाई छ ।
सहभागीलाई प्रशिक्षण दिँदै जिल्ला न्यायाधीश वासुदेव न्यौपानेले अदालतबाट हुने सेवा प्रवाह र मुद्दाका बारेमा जानकारी गराउनुभयो ।
गरिबिको रेखामुनी रहेका नागरिकहरुका लागी पनि संबिधानले न्याय क्षेत्रमा उपलब्ध गराएका सेवा सुबिधा हरुको बिषयमा जानकारी गराउदै ,अदालत बाट दिने न्याय अलिकति ढिलो र खर्चालु भएकोले गरिबीको रेखामुनी रहेका अधिकांस नागरिकहरु बिभिन्न कारण अदालति न्यायको पहुँच बाट टाढा रहेको बताउनु भयो ।
समाजमा देखिने बिभिन्न खालका समस्याहरुको बारे न्यायपालिकाले गरेका ब्यबस्था, अदालती प्रकृया,कानुनि ब्यबस्था ,कानुन बुझेर कहिल्यै नसकिने भन्दै यो ५ बर्षको अबधिमा बरेङ गाँउपालिकाले न्याय सम्पादन क्षेत्रमा गरेका कार्यहरु प्रशन्सनिय रहेको बताउनु भयो ।
कर्यक्रममा बरेङ गाँउपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनले न्याय सम्पादनको बिषयमा भएका अनुभब हरु सुनाउनु भयो । उहाँका अनुसार यो आर्थिक बर्षको अबधिमा कुल १८ मुद्धा पालिकाको न्याय समितिमा आएको जानकारी गराउनुभयो । सहभागिले अदालति प्रक्रिया ,कानुनि ब्यबस्था लगाएतका बिभिन्न बिषयहरुको बारे प्रश्नहरु राखेका थिए ।
बाग्लुङ जिल्ला अदालतका न्यायधिस माननीय बसुदेब न्यौपाने को अध्यक्षता बागलुङ जिल्ला अदालत श्रेस्तदार सुर्य प्रसाद भण्डारी सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
« बरेङमा बिद्युतको क्षमता बिस्तार ः माग अनुसारको बिद्युत सजिलै उपलब्ध हुने «







