तिर्थयात्री बोकेर फर्केको जिप दुर्घटना, १ को स्थिती गम्भिर ।
दिपेन्द्र परियार, बरेङ । २१ आश्विन २०७५ । तिर्थयात्री लिएर बाग्लुङबाट बरेङका लागी छुटेको जिप शनिबार दिउसो पल्टीदा १ जना गम्भीर घाईते भएका छन ।
प्रशिद्द धार्मिक स्थल मुतिmनाथ मन्दिर को दर्शन गरेर घर फर्किदै गरेका ंं८ जना तिर्थयात्री र चालक सहित ११ जना यात्रु लिएर छुटेको ध१ज ४९१ नम्वरको मार्सल जिप बरेङ गाउपालिकाको बाघकाटे एस घुम्टी निर दुर्घटनामा परेको हो ।
जिपमा सवार मध्ये गम्भीर घाईते बरेङ गाउपालिका १ चित्रेकी बालिका आचार्य लाई प्राथमिक उपचार पछि आज पाल्पा रिफर गरिएको छ भने अरु सबै सामान्य घाईतेहरु स्वास्थ्य परिक्षण पछि सनिवार बेलुकीनै घर फर्किएका बरेङ गाउपालिकाका अध्यक्ष किष्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।
शनिबार दिउसो ४ः४५ वजे ओरालोबाटोमा एक्कासी ब्रेक फेल भएर जीप दुर्घटना भएको जीप चालक हिरा काउचाले बताउनुभयो । साघुरो बिच वाटोमा जिप पल्टीएकाले बरेङ वाघकाटे बाग्लुङ सडक अवरुद्द भएको छ । अबरुद्द वाटो आज साझ सम्म सञ्चालनमा आउने अध्यक्ष शर्माले बताउनु भयो ।
« व्यवसायिक बाख्रा पालक कृषकहरुको भेला सम्पन्न, बिज्ञ केन्द्र स्थापना गर्ने लक्ष्य । «
» बिहानीको १०औं बार्षिक साधारण सभा असोज २७ मा, ७० बर्ष माथिका जेष्ठ सदस्य सम्मान कार्यक्रम थप । »