बरेङ गाँउपालिकामा अहिले सम्म ८ सय ३१ घटना दर्ता
दिपेन्द्र परियार २१ चैत्र २०७८ । बरेङ गाँउपालिकामा अहिले सम्म ८ सय ३१ जना घटना दर्ता भएका छन ।
सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रममा अहिले सम्म ८ सय ३१ जनाले ब्यक्तिगत घटना दर्ता गराएको जानकारी दिईएको हो ।
कार्यक्रम तथा सामाजिक सुरक्षा कार्यक्रमको बिषयमा प्रकास पार्दै बरेङ गाँउपालिकाका एमआई एस अपरेटर राजन चालिसेले पालिकाका सबै वडाहरुमा अनलाईन मार्फत ब्यक्तिगत घटना दर्ताकार्य सुरु भएको बताउनु भयो । पाँचवटै वडाहरु मध्ये सबैभन्दा बढी बाटाकाचौरमा दर्ता भएको उहाँको भनाई छ ।
त्यस्तै कार्यक्रमलाई सहजिकरण गर्दै वडा न २ र ३ की सचिब सिमाना छन्त्याल पुनले सन २०२४ सम्ममा नेपालले ब्यक्तिगत घटना दर्ता सतप्रतिशत पु¥याउने लक्ष लिएको बताउनु भयो । ब्यक्तिगत घटना दर्ता बारे नेपाल सरकारको उद्देश्य तथा नितिगत ब्यबस्था ,ब्यक्तिगत घटना दर्ताको महत्व ,घटना दर्ताको फाईदा,जन्म,मृत्यु, बिबाह,सम्बन्ध बिच्छेद,दर्ता सम्बन्धमा भएका निति निर्देशनहरु, ब्यक्तिगत घटना दर्ता गर्दा ध्यानदिनुपर्ने बिषयमा सहजिकरण गर्नुभएको थियो ।
बरेङ गाँउपालिका गाँउकार्यपालिकाको कार्यालयको आयोजना मा सञ्चालित कार्यक्रमको वडा न २ का अध्यक्ष गुप्तप्रसाद काला थापाले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो ।
कर्यक्रम वडा न २ का अध्यक्ष गुप्तप्रसाद कालाथापाको अध्यक्षता, सचिब सिमाना छन्त्याल पुनको सञ्चालनमा सम्पन्न भएको थियो भने वडा न २ का बिद्यालयका प्रधानाध्यापकहरु,स्वास्थ्य संवमसेबक,स्वास्थ्यकर्मि,कर्मचारीहरुको सहभागीता रहेको थियो ।
« जनता सँग अदालतको संबाद कार्यक्रम बरेङ गाउपालिकामा सम्पन्न «
» हुग्दिसिरका १५ महिना देखि १५ बर्ष सम्मका बालबालिकालाई टाईफाईड बिरुद्धको खोप लगाईदै »







