दर्ता. न‌: २४५/०६५/०६६

हुग्दिसिरका १५ महिना देखि १५ बर्ष सम्मका बालबालिकालाई टाईफाईड बिरुद्धको खोप लगाईदै

दिपेन्द्र परियार २१ चैत्र २०७८ । पुर्ण खोप सुनिश्चितता दिगोपना तथा टाईफाईड खोप सम्बन्धि  वडा खोप समन्वय समिति बरेङ गाँउपालिका २ को अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार हुग्दिसिर स्वास्थ्यचौकीको आयोजनामा वडा न २ हुग्दिसिरको वडा खोप समन्वय समितिका पदाधिकारी तथा सबै बिद्यालयका प्रधानाध्यापक ,स्वमंसेबिका तथा सरोकारवाला हरुलाई बरेङ गाँउपालिकाको कार्यलय सुदालामा खोप सम्बन्धी अभिमुखिकरण तथा कार्यक्रम तर्जुमा गरिएको हो ।

त्यस्तै महिला सामुदायिक स्वास्थ्य स्वमं सेविका तथा शिक्षिकाहरुलाई समेत टाईफाईड रोग र खोप सम्बन्धि  अभिमुखिकरण गर्दै हुग्दिसिर स्वास्थ्य चौकीकी प्रमुख सजना थापाले अबदेखि बच्चा जन्मेको १५ महिनामा दादुरा रुबेलाको खोप सँगै टाईफाईड को खोप पनि लगाउनु पर्ने जानकारी गराउनु भयो ।

कार्यक्रममा टाईफाईड रोग सम्बन्धी सामान्य जानकारी,टाईफाईड खोप सम्बन्धी जानकारी, खोपको प्रयोग र खोप केन्द्र बारे हुग्दिसिर स्वास्थ्य चौकी बरेङकी प्रमुख सजना थापाले सहजीकरण गर्नुभएको थियो ।

यहि चैत्र २५ गते १५ महिना देखि १५ बर्ष सम्मका बालबालिकालाई टाईफाईड बिरुद्धको खोप लगाईने स्वास्थ्य चौकी प्रमुख थापाले बताउनु भयो ।

वडा न २ हुग्दिसिरमा ५ वटा केन्द्र निर्धारण गरिएको छ ।जसमा श्रीजना प्रा.बि बाराकोट,हुग्दिसिर सामुदायिक स्वास्थ्य ईकाई बाराकोट, सामुदायिक भबन सुदाला,भृकुटी मा.बि काफलबोट,हुग्दिसिर स्वास्थ्य चौकी बरेङ रहेका छन ।आफुलाई पायक पर्ने जुनसुकै केन्द्रमा गएर बालबालिकालाई खोप लगाउन सकिने छ ।

« बरेङ गाँउपालिकामा अहिले सम्म ८ सय ३१ घटना दर्ता «

» बरेङका सबै सिमा नाकामा स्वमंसेवक ः नयाँ मान्छे देखे निगरानी गर्न अनुरोध »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal