दर्ता. न‌: २४५/०६५/०६६

बरेङका सबै सिमा नाकामा स्वमंसेवक ः नयाँ मान्छे देखे निगरानी गर्न अनुरोध

दिपेन्द्र परियार २६ चैत्र २०७८ । जैमिनि नगरपालिकामा दिनदिनै चोरीका घटनाहरु भैरहँदा बरेङ गाँउपालिकाले आफ्ना नागरिकलाई निगरानी गर्न अनुरोध गरेको छ ।

बिशेष गरेर गाँउपालिकाको सिमा नाकाहरुमा स्थानिय युवाहरुलाई स्वमंसेवक रुपमा परिचालित भएर नाकाहरुमा ब्यापक निगरानी गर्न बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले अनुरोध गर्नुभएको हो ।

जैमिनि नगरपालिकाको केन्द्र कुस्मीसेरा तथा वडा न ९ पैँयु थन्थापका बिभिन्न घर तथा कार्यालयहरुमा श्रीङखला बद्ध चोरी भएपछि बरेङ गाँउपालिकामा पनि चोरीको घटना हुने उच्च जोखिम रहेको भन्दै सबै नागरिकलाई छरछिमेक,गाँउटोलमा निगरानी राख्न तथा संकास्पद ब्यक्ति भेटेमा नियन्त्रणमा लिएर तुरुन्त ईलाका प्रहरीकार्यालयमा खबर गर्न ईलाका प्रहरी कार्यलय बरेङका प्रमुख प्रहरी निरिक्षक बुद्धिसागर पुरीले  आग्रह गर्नुभयो ।

शुक्रबार राति जैमिनी नगरपालिका वडा नं ९ को वडा कार्यलय र पैञ्युँथन्थाप स्वास्थ्य चौकी सहित स्थानीयहरुको १० घर तथा पसल फोरिएको छ  भने बिहिबार राति जैमिनी नगरपालिकाकै वडा नं १ कुश्मिसेरामा एकै रातमा ११ ठाउँमा चोरी भएको थियो ।

« हुग्दिसिरका १५ महिना देखि १५ बर्ष सम्मका बालबालिकालाई टाईफाईड बिरुद्धको खोप लगाईदै «

» नयाँ बर्ष बरेङमा बिभिन्न कार्यक्रम गरेर मनाईयो »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal