नयाँ बर्ष बरेङमा बिभिन्न कार्यक्रम गरेर मनाईयो
दिपेन्द्र परियार २ बैशाख २०७९ । ग्रामिण जनसहभागिता बिकास केन्द्र बरेङ बजारले नयाँ बर्ष २०७९ बिभिन्न कार्यक्रम गरेर मनाएको छ ।
हरेक बर्ष कलबले स्वास्थ्य सम्बन्धी जटिल समस्या भएका स्थानिय नागरिकलाई राहत बितरण गर्नुका साथै बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरेर नयाँ बर्ष मनाउदै आईरहेको छ ।
बिहिबार आयोजित कार्यक्रममा मृगौला पिडित २ जना क्यान्सर पिडित ३ जना हड्डि भाचिएका १ जना सारिरिक आसक्त २ जना गरेर कुल ८ जनालाई समान रुपमा आर्थिक रकम सहयोग गरेको छ ।
त्यस्तै ८ जना जेष्ठ नागरिकलाई समेत कलबले सम्मानका साथ १ ÷१ क्यारेट अण्डा प्रदान गरेको छ ।
त्यस्तै खुल्ला नृत्य प्रतियोगितामा कुल ८ जनाले सहभागिता जनाएकामा सगरमाथा सास्कृतिक समुह प्रथम ,मनकामना युवा कलब सिग्दी द्धितिय आयोजक तिर्तिय तथा आस्ना,निसा,सुजाता, र कृति थापा सान्त्वना भएका छन ।
त्यस्तै लोक गित प्रतियोगिता मा रेजिना काउचा बिजेता भएकी छन । कार्यक्रममा हुग्दिसिरे नौमति बाजाको बिशेष प्रश्तुति रहेको थियो ।
कार्यक्रम कलबका अध्यक्ष चित्र थापाको अध्यक्षता सर्बोदय क्यामपस प्रमुख फुलकुमारी शर्माको स्वागत ,कलबका कोषाध्यक्ष मिलन थापार निर्बतमान अध्यक्ष दुर्गा बहादुर थापाको सञ्चालन मा सम्पन्न भएको थियो ।
« बरेङका सबै सिमा नाकामा स्वमंसेवक ः नयाँ मान्छे देखे निगरानी गर्न अनुरोध «







