राष्ट्रिय जनमोर्चा गुल्मीको चुनावी आम सभा पुर्तिघाटमा सम्पन्न ः राष्ट्रघाती सन्धि सम्झौता खारेज गर्न गिलासमा भोट हाल्नु पर्ने
हरिकुमार के.सी ।४ बैशाख २०७९। राष्ट्रिय जनमोर्चा कालिगण्डकी गाउँपालिका गुल्मीको आयोजनामा चुनावी आम सभा कालिगण्डकी गाउँपालिका को सभाहल कनौटा मा सम्पन्न भएको छ ।
कार्यक्रम मा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा का केन्द्रीय उपाध्यक्ष तथा प्रतिनिधी सभा सांसद दुर्गा पौडेल ले संघीयता को कारण देश ऋणको चपेटामा फस्दै गइरहेको ले यसको खारेजी गर्नु पर्ने बताउनु भयो । उँहाले प्रदेश सरकार को कुनै पनि औचित्य र भूमिका नरहेको भन्दै स्थानीय तहलाई बलियो बनाउनु पर्ने मा जोड दिनुभयो । यस्तै नेत्री पौडेल ले जनचाहना र राष्ट्र हित विपरित सबै ठूला दलले एमसीसी सम्झौता संसद बाट पास गरेर गम्भीर राष्ट्रघात गरेको आरोप लगाउनुभयो । उँहाले यस्ता राष्ट्रघाती सन्धि सम्झौता खारेज गर्न सक्ने एक मात्र पार्टी राष्ट्रिय जनमोर्चा मात्र भएकाले मतदान गरेर बहुमत सहित विजयी बनाउन आग्रह गर्नुभयो । उँहाले केही राजनीतिक दल र देशी विदेशी शक्तिहरू देशमा प्राप्त उपलब्धिहरु उल्ट्याउन लागिरहेकाले जनता सचेत हुनुपर्ने बताउनु भयो ।
विशिष्ट अतिथि जातिय समता समाजका केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य राजेश बिक ले राष्ट्रिय जनमोर्चा को सही नीति र विचार को कारण पछिल्लो समय जनमोर्चा प्रति जनआकर्षण बढिरहेकाले केही प्रतिगामी शक्तिहरू जनतामा भ्रम फैलाउन उद्धत रहेको बताउनु भयो । उहाँले यस्ता भ्रमहरु चिरेर जनताको माझमा जान कार्यकर्ता हरुलाई निर्देशन दिनुभयो ।
राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य रामकुमार क्षेत्री,राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य तथा कालीगण्डकी गाउँपालिका का उपाध्यक्ष तारा थापा,राष्ट्रिय जनमोर्चा गुल्मीका अध्यक्ष जीवन राना,नेकपा मसाल गुल्मीका प्रवक्ता ओमेन्द्र कुँवर लगाएतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा कालिगण्डकी का अध्यक्ष गंगा केसीको अध्यक्षता र सचिव घनश्याम ढकाल को सञ्चालन मा सम्पन्न भएको थियो । कार्यक्रम मा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुको प्रस्तुति समेत रहेको थियो ।
« नयाँ बर्ष बरेङमा बिभिन्न कार्यक्रम गरेर मनाईयो «
» गतिबिधि बढाउदै राजमो बरेङ ः गिलास चिन्ह खोजी खोजी भोट हाल्न अपील »







