दर्ता. न‌: २४५/०६५/०६६

गतिबिधि बढाउदै राजमो बरेङ ः गिलास चिन्ह खोजी खोजी भोट हाल्न अपील

दिपेन्द्र परियार ५ बैशाख २०७९ । बरेङमा राष्ट्रिय जनमोर्चाले राजनैतिक गतिबिधि बढाउन थालेको छ ।

नजिकिदै गरेको स्थानिय निर्वाचनलाई लक्षित गरेर राष्ट्रिय जनमोर्चाले आफना गतिबिधि बढाएको हो ।

आज जनमोर्चाले बरेङ गाँउपालिका वडा न २ हुग्दिसिरका बिभिन्न टोलमा निर्वाचन परिचालन ,प्रचारप्रसार तथा स्वमं सेवक समिति गठन गरेको छ ।हुग्दिसिरको साबिक वडा न ५ मा जनमोर्चाले ईन्द्र बहादुर थापाको संयोजकत्वमा ५१ सदस्यिय टोल स्तरिय निर्बाचन प्रचार प्रसार समिति गठन गरेको छ ।त्यस्तै २१ सदस्यीय स्वमंसेवक समिति गठन गरेको छ । त्यस्तै साबिकको वडा न ८ मा नरबहादुर काउचाको संयोजकत्वमा २१ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ ।

कार्यक्रममा बोल्दै बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बरेङको चौतर्फी बिकास गर्दै सम्मृद्ध बरेङ निर्माणका लागी राष्ट्रिय जनमोर्चाको बिकल्प नरहेको बताउनु भयो । आफ्नो स्वार्थका लागीे नागरिकको जनजिबन सँग प्रतक्ष जोडिएका योजनाहरुमा भाँजो हालेका नेता कार्यकर्ता अहिले झुट र भ्रमको पोको बोकेर घरघर हिड्ने गरेको बताउदै त्यस्ता ब्यक्ति र पार्टिहरुलाई जनताले चिनेर आउने निर्वाचनमा धुलो चटाउन  गिलास चिन्ह खोजी खोजी भोट हाल्न नागरिकलाई अपील गर्नुभयो । 

« राष्ट्रिय जनमोर्चा गुल्मीको चुनावी आम सभा पुर्तिघाटमा सम्पन्न ः राष्ट्रघाती सन्धि सम्झौता खारेज गर्न गिलासमा भोट हाल्नु पर्ने «

» कांग्रेस बाट बरेङ गाँउपालिकाको अध्यक्ष बन्न २ जना आकांक्षी »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal