कांग्रेस बाट बरेङ गाँउपालिकाको अध्यक्ष बन्न २ जना आकांक्षी
दिपेन्द्र परियार ५ बैशाख २०७९ । सर्बसम्मतिमा अध्यक्षको उमेद्वार छनोट गर्न नसकेपछि नेपाली काँग्रेस बरेङले आज आफ्ना उमेदबारको छनोटका लागी जिल्लामा सिफारिस पठाएको छ ।
बरेङ काँग्रेस भित्र पालिकाको अध्यक्षको उमेदबार छनोट सर्बसम्मतिमा गर्ने प्रयास असफल भएपछि उमेदबार छनोटका लागी जिल्लामा पठाएको नेपाली काँग्रेस बरेङ कार्यसमितिका सचिब तथा वडा न ५ का वडा अध्यक्ष अमर सेरपुर्जाले जानकारी दिनुभयो।
बरेङमा काँग्रेस बाट अध्यक्ष पदका आकांक्षी अमर बहादुर सेरपुर्जा र दिलिप कुमार पुन बिच सहमति हुन नसकेपछि जिल्ला कमिटिलाई जिम्मा लगाईएको सेरपुर्जाले बताउनु भयो ।
र उपाध्यक्ष पदको आकांक्षी ६ जना रहेकोमा सर्बसम्मतीमा पार्बति शर्मालाई छनोट गरिएको उहाँको भनाई छ । उहाँका अनुसार बरेङको सल्यानमा बाहेक अन्य वडामा अध्यक्षको समेत टुङगो लागिसकेको छ ।
सकेसम्म बरेङमा गठबन्धन गरेर जाने समेत उहाँले बताउनु भयो त्यसका लागी भोलीबाट अन्य दलहरु सँग छलफल गरिने समेत जानकारी दिनुभयो ।
« गतिबिधि बढाउदै राजमो बरेङ ः गिलास चिन्ह खोजी खोजी भोट हाल्न अपील «







