दर्ता. न‌: २४५/०६५/०६६

बाग्लुङमा कार्यकर्ताको बिचार र मनोभावना बिपरीत पार्टिले निर्णय नगर्ने ः राजमो एक्लै चुनावमा जानसक्ने

दिपेन्द्र परियार ७ बैशाख २०७९। बाग्लुङको जैमिनि नगरपालिकामा राष्ट्रिय जनमोर्चा एक्लै निर्बाचन लड्न सक्षम रहेको बताईएको छ । मंगलबार कुस्मीसेरामा सम्पन्न आम सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका नेताहरुले बाग्लुङमा कार्यकर्ताको बिचार र मनोभावना बिपरीत पार्टिले निर्णय नगर्ने भन्दै सम्पुर्ण नेता कार्यकर्तालाई घनिभुत रुपमा निर्बाचनमा केन्द्रित हुन निर्देशन समेत दिएका छन ।

भेलालाई सम्बोधन गर्दै जातिय समता समाजका केन्द्रिय अध्यक्ष,राष्ट्रिय जनमोर्चा केन्द्रिय सल्लाहकार तथा राष्ट्रिय सभा सदस्य तुल प्रसाद बिश्वकर्मा (क.राजेश)ले जैमिनि नगरपालिकामा गठबन्धन गरेर जान असाध्यै अप्ठ्यारो रहेकाले राजमो एक्लै चुनावमा जानसक्ने बताउनु भयो ।

गठबन्धनका बिषयमा निरन्तर छलफल जारी रहेको बताउदै राजमो गठबन्धनमा रहने कि बस्ने भन्ने बारे दुई तिन दिन भित्र टुङगो लाग्ने बताउनु भएको छ । 

राजाबादी ,भारतिय बिस्तारबाद र बामपन्थी संकिर्ण बादी बाट गणतन्त्र माथि आक्रमण भैरहेको बताउदै बिकले भारतिय गुप्तचर सस्था “र” को ग्राईन्ड डिजाईनमा केपी ओलीले संसद भङग गर्दै राजतन्त्र बिउत्याउन खोजेको आरोप समेत लगाउनु भयो । राजा बोकेर हिडेका कमल थापा,परिवार दल जस्ता पार्टि सँगको गठबन्धनले केपी ओलीले राजा बिउत्याउन लागिरहेको पुष्टि भएको बताउनु भयो । 

त्यस्तै कार्यक्रममा बोल्दै अखिल नेपाल जनजाति सम्मेलनका पुर्ब केन्द्रिय सल्लाहकार नर बहादुर पुनले गत चुनाबमा नागरिकले प¥याप्त मत दिएपनि मतदाता शिक्षाको अभाबमा चुनाबमा पराजित हुनुपरेको बताउनु भयो ।

जैमिनिमा कुनै पनि पार्टि सँग गठबन्धन नगरिकनै राष्टिय जनमोर्चा एक्लै निर्बाचनमा जानुपर्ने पुनको भनाई छ । 

गठबन्धन भित्रकै दलहरुबाट समेत जनमोर्चाका बिरुद्ध तालमेल हुन सक्ने सम्भाबना पनि रहन सक्ने जनाउदै  राजमो एक्लै त्यसको सामना गर्न सक्षम र तयार रहेको पुनको भनाई छ । जैमिनिको आबस्यकताले मागे अनुसार मात्रै तालमेल गर्न सकिने भन्दै पुनले जैमिनिको बिकासको भिजन राष्टिय जनमोर्चामा मात्रै भएको बताउनु भयो । गत निर्बाचनमा जनमोर्चाको पराजय हुनु जैमिनिबासी नागरिकको हार भएको बताउदै समृद्ध जैमिनि बनाउने नागरिकको सपनामाथि खेलवाड गर्ने छुट कसैलाई नभएको बताउनु भयो ।

सम्भाबना र बिकासका प¥याप्त समय र सम्भाबना भएपनि जैमिनिमा अहिले को नेतृत्वले  नागरिकको जनजिबन र उनिहरुका चाहना अनुसारको कार्य गर्न नसकेको बताउदै पुनले जैमिनिको बिकासका लागी राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह गिलासमा भोट हाल्न र उत्साह र जाँगरका साथ निर्वाचनमा केन्द्रित हुन नेता कार्यक्रताहरुलाई निर्देशन गर्दै मतदाता शिक्षामा बिशेष जोड दिन आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै राजमो जिल्ला समितिका अध्यक्ष तथा राजमो केन्द्रिय सल्लाहकार अमर बहादुर थापाले  राजनैतिक दलहरुले गलत ब्यक्ति लाई उमेदबार बनाउदा जनताको मतको दुरुपयोग भैरहेको बताउनु भयो । निर्बाचनलाई केवल जित्नका लागी उपयोग नगरेर नागरिकको जिबनस्तर उकास्न र सचेतनाका लागी उपयोग गर्नु पर्ने थापाको भनाई छ ।

जैमिनिका बिगतको निर्बाचनमा जनमोर्चाका ४ सय मत बदर हुदाँ जम्मा १सय ६ मतले पराजित हुन परेको अनुभब सुनाउदै थापाले जैमिनिमा तालमेलको सम्भाबना कम रहेको बताउनु भयो । गठबन्धन गर्नका लागी बार्ता जारि रहेको भन्दै वडा तह सम्म मिलाउनु पर्ने भएकाले सम्भाबना कम रहेको स्पष्ट पार्नुभयो ।

बाग्लुङ जिल्लाको हकमा राष्ट्रिय जनमोर्चाको जनमतको आधारमा प्रमुख उपप्रमुख लगाएतका पदहरुमा आफुहरुले दाबी गरेको तर जन आधार नभएका कुनै पनि क्षेत्र र ठाँउमा दाबी नगरेको थापाको भनाई छ । 

त्यस्तै राजमो केन्द्रिय समिति पुर्ब सचिब कृष्ण अधिकारीले राजनितिमा गलत प्रबृति प्रबेस गरेकाले निर्वाचन खर्चिलो र भड्किलो हुदै गईरहेको बताउनु भयो ।

बाग्लुङमा राजमोसँग गठबन्धन गर्नु नेपाली काँग्रेसका लागी सुनौलो अबसर भएको बताउदै यो अबसरको सदुपयोग गर्न अधिकारीले आग्रह समेत गर्नुभयो ।

राजमो बाग्लुङका सचिब भिमलाल पोखरेल लगायतले मन्तब्य राख्नुभएको कार्यक्रम राष्ट्रिय जनमोर्चा जैमिनि नगर समितिका अध्यक्ष दिल बहादुर श्रीसको अध्यक्षता , राष्ट्रिय जनमोर्चा जैमिनि नगरपालिकाका सदस्य चन्द्र बहादुर केसीको स्वागत तथा राष्टिय जनमोर्चा जैमिनि नगरपालिकाका सचिब ठाकुर शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

« कांग्रेस बाट बरेङ गाँउपालिकाको अध्यक्ष बन्न २ जना आकांक्षी «

» राष्ट्रिय जनमोर्चा गुल्मीले चन्द्रकोट वडा नम्बर ५ र ६को वडा अध्यक्ष उमेद्वार टुङगायो »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal