राष्ट्रिय जनमोर्चा गुल्मीले चन्द्रकोट वडा नम्बर ५ र ६को वडा अध्यक्ष उमेद्वार टुङगायो
हरिकुमार के.सी. पुर्तिघाट । ८ बैशाख २०७९। राष्ट्रिय जनमोर्चा ले गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ र ६ मा वडा अध्यक्ष पदको लागि उमेद्वार घोषणा गरेको छ ।
सो पार्टीको चन्द्रकोट गाउँपालिका कमिटीको निर्णय अनुसार वडा नम्बर ५ मा चन्द्र बहादुर पुन र वडा नम्बर ६ मा सुमन गुरुङलाई उमेद्वार बनाउने निर्णय गरेको हो ।
केन्द्रबाट पाँच दलिय गठबन्धन सहित निर्वाचनमा जाने निर्णय गरेको जनमोर्चाले गठबन्धनमा सहमति हुन नसकेपछि गुल्मीमा एकल उमेद्वार घोषणा गर्न थालेको छ ।







