बरेङ गाँउपालिकामा निर्बाचन अधिकृतको कार्यलय स्थापना ः निर्बाचनलाई पारदर्शी ,मर्यादित एबं भयरहित वाताबरणमा सम्पन्न गर्नकालागी बरेङका सबै दल तयार
दिपेन्द्र परियार ८ बैशाख २०७९। आसन्न स्थानीय तह चुनावका लागि बरेङ गाँउपालिकामा निर्बाचन अधिकृतको कार्यलय स्थापना गरिएको छ
बिहिबार एक कार्यक्रमको आयोजना गरि बरेङ गाँउपालिकाको केन्द्र सुदालामा निर्बाचन अधिकृत मनिराम ज्ञवालीले ब्यानर पढेर कार्यलयको उद्धघाटन गर्नुभएको हो ।
कार्यलयको उद्धघाटन पश्चात बरेङ गाँउपालिकामा क्रियाशिल राजनैतिक दलका प्रतिनिधिहरु सँग परिचयात्मक कार्यक्रम गर्दै निर्बाचनलाई पारदर्सि र मर्यादित एबं भयरहित स्वच्छ वाताबरणमा सम्पन्न गर्नकालागी आचार संहिताको कडाई पुर्बक पालना गर्नु सबैको दायित्व रहेको बताउनु भयो ।
निर्बाचन सम्बन्धी भएका ब्यबस्था निति नियम बिधि प्रकृया हरुको बिषयमा जानकारी गराउदै ज्ञवालीले गत चैत्र २५ गते बाट आचार संहिता लागु भैसकेकाले मतदाता देखि मन्त्री सम्मले आचार संहिताको पुर्ण पालना गर्नुपनमा जोड दिनु भयो ।
कार्यक्रममा निर्वाचनको लागी मनोनयन दर्ता यहि बैशाख ११ र १२ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म को समय निर्धारण गरिएको छ भने सम्भाबित सुरक्षा जोखिमलाई मध्यनजर राख्दै उल्लेखित दिन र समय भित्र निर्वाचन अधिकृतले उपलब्ध गराएको समयमा राजनैतिक दलहरुले उमेद्बारहरुको मनोनयन दर्ता गर्नुपर्ने निर्णय समेत गरिएको छ ।
कार्यक्रममा बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा,राष्ट्रिय जनमोर्चाका हिरा बहादुर थापा,नेकपा एमाले झोम बहादुर थापा, नेपालि काङग्रेसका पदम बहादुर फौदार, बिष्णु बहादुर खत्री,नेकपा माओवादी केन्द्रका सन्त बहादुर श्रीस ,नेकपा एमालेका प्रेम प्रसाद शर्मा ,बरेङ गाँउपालिकाका प्रमुख प्रशाषकिय अधिकृत जित बहादुर राना,ईलाका प्रहरी कार्यलय बरेङ डाडाका प्रमुख प्रहरी निरिक्षक बुद्धि सागर पुरी , शसस्त्र प्रहरीबलका असई राम बहादुर के.सी. लगाएतको सहभागिता रहेको थियो ।
बरेङ गाँउपालिकाका निर्बाचन अधिकृत मनिराम ज्ञवालीको अध्यक्षता, बरेङ गाँउपालिकाका शिक्षा अधिकृत तथा निर्वाचन फोकल पर्सन सुर्य प्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यालयबाट आजैदेखि काम शुरु भएको छ ।
« राष्ट्रिय जनमोर्चा गुल्मीले चन्द्रकोट वडा नम्बर ५ र ६को वडा अध्यक्ष उमेद्वार टुङगायो «
» बरेङगाँउपालिका भरिबाट कुल २ सय ४३ जना बिद्यार्थीले एसईई को परिक्षा दिदै »







