दर्ता. न‌: २४५/०६५/०६६

बिहानीको १०औं बार्षिक साधारण सभा असोज २७ मा, ७० बर्ष माथिका जेष्ठ सदस्य सम्मान कार्यक्रम थप ।

२१ आश्विन २०७५, बरेङ । बागलुङको बरेङ गाँउपालिका वडा नं. १ बरेङ बजारमा अबस्थित बिहानी बहुद्धेश्यीय सहकारि संस्था लिमिटेडको १० औं बार्षिक साधारण सभा आउदो शनिबार सम्पन्न हुने भएको छ । यसअघि असोज ३ गते बसेको सञ्चालक समितिको २४ औं बैठकले साधारण सभा सम्पन्न गर्ने मिति तय गरे आनुरुप आज बसेको समिति तथा उप समितिको संयुक्त बैठकले साधारण सभाको तयारिलाई तिब्रता दिएको हो ।

आज सम्पन्न बैठकले मिन बहादुर पुनको संयोजकत्वमा मञ्च तथा साउण्ड व्यवस्थापन, बिमल प्रसाद शर्माको संयोजकत्वमा अतिथि व्यवस्थापन, केहर सिंह पुनको संयोजकत्वमा चिया खाजा व्यवस्थापन, पुर्ण प्रकाश पौडेलको संयोजकत्वमा सदस्य दर्ता तथा हजिरि व्यवस्थापन लगायतको बिभिन्न तैयारि समिति गठन गरिएको संस्थाका सचिब बिमल प्रसाद शर्माले जानाकारि दिए ।

साधारण सभाको अबसरमा संस्थाले प्रत्यक बर्ष गर्दै आईरहेको असल ऋणि, असल बिषयगत ऋणि, नियमित बचत कर्ता, असल बचत कर्ता तथा जेष्ठ नागरिक सम्मान तथा सदस्य प्रोत्साहन कार्यक्रमले यस बर्ष पनि निरन्तरता दिईने भएको छ भने संस्थामा आबद्ध ७० बर्ष भन्दा माथिका जेष्ठ सदस्यहरुलाई बिजया दशमीको अबसरमा सम्मान गरिने नया कार्यक्रम यस बर्षदेखि थप गरिएको संस्थाका अध्यक्ष पुर्ण बहादुर पुनले बताए ।

संस्थाले बिगत ८ बर्षदेखि बागलुङको दक्षिण भेगलाई कार्यक्षत्र बनाउदै बचत तथा ऋण, सामुदायिक रेडियो बिहानी, रेमिट्यान्स, पोलिक्लिनिक, कृषि संकलन केन्द्र, एम्बुलेन्स सेवा लगायतको क्षेत्रमा काम गर्दै आईरहेको छ भने सदस्यको निधन, प्राकृतिक प्रकोप तथा बिपत्ती, सुत्केरी स्याहार लगायतमा सदस्यहरुलाई नजिक बाट साथ दिदै आईरहेको छ । हाल संस्थामा करिब १ हजार जना शेयर सदस्य आबद्ध रहेका छन् ।

« तिर्थयात्री बोकेर फर्केको जिप दुर्घटना, १ को स्थिती गम्भिर । «

» राङखानी माध्यमिक बिद्यालय डाँडाखानीको ६६औं बार्षिकोत्सब सम्पन्न । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal