दर्ता. न‌: २४५/०६५/०६६

बागलुङमा टुंगियो उम्मेदवार बाँडफाँड, नेकपा एस गबन्धन बाहिर ।

११ बैशाख २०७९,  बागलुङमा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा बाँडफाँडको टुङ्गो लगाएका छन् । नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र)लाई दुई र राष्ट्रिय जनमोर्चालाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ । सम्मानजन बाँडफाँड नभएको भन्दै नेकपा एकिकृत समाजवादी गठबन्धनबाट बाहिरीएको छलफलमा सहभागि एक शिर्ष नेताले बताए ।

कांग्रेसले बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा प्रमुख, काठेखोला गाउँपालिका, वडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको अध्यक्षमा सझा उमेद्वारी दिने भएको छ ।

माओवादी केन्द्रले ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाको प्रमुख पाएको बैठकमा सहभागि एक नेताले बताए । राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिकाको प्रमुख र बरेङ गाउँपालिकाको अध्यक्षमा उमेद्वारी दिने छ ।

बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा माओवादी केन्द्रले उप प्रमुखमा उमेद्वारी दिने छ । निसीखोला गाउँपालिकाको उपाध्यक्ष पनि माओबादी केन्द्रको भागमा परेको छ । राष्ट्रिय जनमोर्चाले काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको उपाध्यक्ष पाएको छ ।

माओबादी केन्द्र र राष्ट्रिय जनमोर्चाले प्रमुख पाएका सबै पालिकामा नेपाली कांग्रेसले उपप्रमुख पाउने गरी सहमति भएको नेताहरुले बताएका छन् । वडा अध्यक्ष तथा वडा सदस्यको बाँडफाँडका लागि छलफल चलिरहेको छ । बागलुङ नगरपालिकाको प्रमुख सहित केही वडाअध्यक्षमा दावी गरेको एस छलफलबाट बाहिरीएको हो । स्रोत ढोरपाटन न्युजबाट

« बरेङगाँउपालिका भरिबाट कुल २ सय ४३ जना बिद्यार्थीले एसईई को परिक्षा दिदै «

» जैमिनी नगरपालिकाका उपप्रमुख पदमा राष्ट्रिय जनमोर्चाकी नेतृ रोका क्षेत्रीको स्वतन्त्र उम्मेदवारी दर्ता »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal