दर्ता. न‌: २४५/०६५/०६६

जैमिनी नगरपालिकाका उपप्रमुख पदमा राष्ट्रिय जनमोर्चाकी नेतृ रोका क्षेत्रीको स्वतन्त्र उम्मेदवारी दर्ता

दिपेन्द्र परियार ११ बैशाख २०७९ ।जैमिनी नगरपालिकाको उप प्रमुखमा राष्ट्रिय जनमोर्चाकी नेतृ रुद्रा कुमारी रोका क्षेत्रीले स्वतन्त्र उमेद्वारी दिनुभएको छ ।

जैमिनी नगरपालिका वडा नम्बर ५ बिनामारेकी राजमो नेतृ क्षेत्रीले उपप्रमुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको हो । 

क्षेत्रीले आइतबार दिउँसो स्वतन्त्र उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत सूर्य प्रसाद भण्डारीले बताउनु भयो ।

राजमोको तर्फबाट जैमिनी नगरपालिकामा कार्यपालिका सदस्य क्षेत्रीले शनिबार राजीनामा दिनुभएको थियो । सत्ता गठबन्धनकोे छलफलमा जैमिनी नगरपालिका प्रमुखमा राष्ट्रिय जनमोर्चा र उप प्रमुखमा नेपाली कांग्रेसले उमेद्वारी दिने सहमति भएको थियो । तर गठबन्धनको निर्णय बिपरित क्षेत्रीले स्वतन्त्र उमेद्वारी दिनुभएको हो ।

« बागलुङमा टुंगियो उम्मेदवार बाँडफाँड, नेकपा एस गबन्धन बाहिर । «

» बरेङमा गठबन्धन विरुद्ध मनोनयन गरेका उम्मेदवारी फिर्ता »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal