दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा गठबन्धन विरुद्ध मनोनयन गरेका उम्मेदवारी फिर्ता

रेडियो बिहानी १७ बैशाख २०७९ । बरेङ गाउँपालिकामा गठबन्धन विरुद्ध मनोनयन दर्ता गरेका उम्मेदवारहरुले बिहिबार उम्मेदवारी फिर्ता गरेका छन् । गठबन्धनका उपाध्यक्ष दिलिपकुमार पुनका विरुद्द उपाध्यक्षमा मनोनयन गरेका कङ्ग्रेसका हुम बहादुर पुन, राजमोका दिलकुमारी पुन र माओवादीका काशिराम बिकले मनोनयन फिर्ता लिएका हुन् त्यस्तै गठबन्धन अध्यक्ष कृष्णप्रसाद शर्मा विरुद्ध मनोनयन दर्ता गरेकी माओवादीकि चिनिमाया कालाले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ ।

गठबन्धनकै विरुद्ध वडा नम्बर २ को वडा अध्यक्षमा कङ्ग्रेसका श्याम बहादुर क्षेत्री,माओबादिका सन्त बहादुर थापा, सदस्य तर्फ श्यामलाल शर्मा, रन बहादुर पौडेल क्षेत्री र अमृता परियारले उम्मेदवारी फिर्ता लिएका छन् ।

गठबन्धनमा रहेका कङ्ग्रेसका वडा २ का सदस्य हेमराज शर्मा र राजमोका सदस्य चित्रबहादुर श्रीस ले पनि उम्मेदवारी फिर्ता लिनुपरेको छ । गठबन्धन विरुद्द उम्मेदवारी गरेका माओबादिले फिर्ता लिएपछी माओवादी मध्यका श्यामलाल शर्मा, रन बहादुर पौडेल क्षेत्रीले गठबन्धनबाट उम्मेदवारी पाउने भएका छन् ।

गठबन्धनमा खटपट भएपछी गठबन्धन विरुद्द उम्मेदवारी दर्ता भएका थिए । समस्या सुल्झाएपछी फिर्ता लिने र दर्ता गर्ने कार्य सम्प्न्न भएको छ ।

« जैमिनी नगरपालिकाका उपप्रमुख पदमा राष्ट्रिय जनमोर्चाकी नेतृ रोका क्षेत्रीको स्वतन्त्र उम्मेदवारी दर्ता «

» बरेङमा गठबन्धनको संयुक्त चुनावी अभियान सुरु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal