बरेङमा गठबन्धनको संयुक्त चुनावी अभियान सुरु
दिपेन्द्र परियार १७ बैशाख २०७९। बरेङमा गठबन्धनले संयुक्त चुनावी अभियान सुरु गरेका छन । यहि बैशाख ३० गते सम्पन्न हुन गैरहेको स्थानिय निर्बाचनलाई लक्षित गरेर बरेङको सुखौराबाट चुनाबि अभियान सुरु गरेको हो ।
अभियान अन्तर्गत आज सुखौरामा गठबन्धनको संयुक्त कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुङगानालवे जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुङगाना,नेपाली काँग्रेस बरेङ गाँउपालिकाका सभापति तुलसिराम शर्मा,नेकपा माओवादि केन्द्र बरेङका अध्यक्ष सन्त बहादुर श्रीस लगाएतले कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा टिकाराम शर्माको संयोजकत्वमा ५१ सदस्यिय निर्वाचन प्रचारप्रसार समिति , गठबन्धन भित्रका तिन दल बाट २ ÷२ जना सदस्य रहनेगरि निर्वाचन संयन्त्र तथा परिचालन समिति तथा संयुक्त युवा स्वमंसेवक समिति गठन गठन गरेको ढुङगानाले बताउनु भयो ।
« बरेङमा गठबन्धन विरुद्ध मनोनयन गरेका उम्मेदवारी फिर्ता «
» बरेङमा स्थानीय निर्वाचन सम्बन्धि पालना गर्नुपर्ने आचारसंहिता बैठकको निर्णय सार्वजनिक »







