दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा स्थानीय निर्वाचन सम्बन्धि पालना गर्नुपर्ने आचारसंहिता बैठकको निर्णय सार्वजनिक

२०७९ बैशाख २० । बरेङ । बरेङ गाउँपालिका निर्वाचन कार्यालयमा  निर्वाचन सम्बन्धि पालना गर्नुपर्ने आचारसंहिताको बैठक सम्पन्न भएको छ ।
पालिका अन्तर्गतका राजनीतिक दलका प्रतिनिधि, पत्रकार, प्रहरी प्रमुखको उपस्थितिमा मङ्गलबार बैठक सम्पन्न भएको हो ।
बैठकले निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता २०७८ को पुर्णपालना गर्ने, गराउने, निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद ४ बमोजिम कुनै पनि राजनीतिक दल,उम्मेदवार  तथा राजनीतिक दलका भातृ सङ्गठनले निर्वाचन प्रयोजनार्थ सवारीसाधन प्रयोग गर्नु पुर्व अनिवार्य रुपमा निर्वाचन अधिकृतबाट अनुमती लिनु पर्ने साथै कुनै पनि कार्यक्रम गर्नु पुर्व सोको समय, मिति,स्थान र मार्गका बारेमा ७२ घण्टा अगाडि स्थानीय प्रशासनलाई जानकारी गराउनुपर्ने, स्थानिय तह सदस्य निर्वाचन २०७९ लाई निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग गर्ने निर्णय गरेको छ ।
त्यस्तै आचारसंहितामा बिहान ८ बजे देखि साझ ७ बजे सम्म कार्यक्रम गर्न पाउने, १८ वर्ष नपुगेका बालबालिका प्रयोग नगर्ने, चुनाव चिन्ह अङ्कित कुनै पनि पोस्टर टास्न र लगाउन नपाइने, टिभिमा  बिज्ञापन, र भित्तेलेखन  गर्न नपाइने उल्लेख गरिएको छ र सोको अनिर्वाय पालना नगरेकामा कार्यालयले कारवाही गर्ने बताइएको छ ।
सवारिसाधन प्रयोग गर्दा एउटालाई अनुमती दिएको गाडी अर्कोले प्रयोग गर्न नपाउने, मतदातालाई गाडीमा ओसारपसार गर्न नपाउने,जहाको लागि अनुमती लिएको त्यही मात्र सवारीसाधन प्रयोग गर्ने, आचारसंहिता आम नागरिक, कर्मचारी, प्रहरी, सन्चारकर्मी सबैले पालना गर्नुपर्ने, खेलकुद लगायतका सार्वजनिक कार्यक्रम बन्द गर्ने निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।
बैठकमा तडकभडक नगर्ने, बढी खर्चबाट जोगिने, उत्तेजित नभईकिन राजनीतिक दलले प्रचारप्रसार गर्ने, सामाजिक संजालमा उम्मेदवार तथा राजनीति दललाई आक्षेप लगाउनेलाई कारवाही हुने, मौन अवधीमा भने सवारीसाधन चलाउन नपाइने निर्वाचन अधिकृत  ज्ञावालिले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्षका उम्मेदवारले चारपाङ्ग्रे गाडी  अधिकतम २ वटा प्रयोग गर्न पाउने छन् भने वडा अध्यक्ष र वडा सदस्यले दुई पाङ्ग्रे सवारी प्रयोग गर्नुपर्ने आचारसंहितामा उल्लेख गरिएको छ ।
निर्वाचन अधिकृत  मनिराम ज्ञावालीको अध्यक्षता,  सहायक निर्वाचन अधिकृत जित बहादुर रानाको  संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

« बरेङमा गठबन्धनको संयुक्त चुनावी अभियान सुरु «

» गिट्टी निकाल्ने क्रममा ढुङगा खसेर थिच्दा बरेङमा एक जनाको ज्यान गयो »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal