दर्ता. न‌: २४५/०६५/०६६

गिट्टी निकाल्ने क्रममा ढुङगा खसेर थिच्दा बरेङमा एक जनाको ज्यान गयो

दिपेन्द्र परियार २१ बैशाख २०७९ । ढुङगा गिट्टी निकाल्ने क्रममा ढुङगा खसेर थिच्दा बरेङमा एक जनाको ज्यान गएको छ ।

बरेङ गाँउपालिका १ धुल्लुबास्कोट अर्लाङतुङका बर्ष २३ का भुमिराज छन्त्याल आज बुधबार दिउसो कालिगण्डकी गाँउपालिकाको कालिलेख बनको ढुङगाखानीमा ढुङगा निकाल्ने क्रममा माथिबाट एक्कासी ढुङगा खसेर च्यापिएपछि गम्भीर घाईते भएका थिए । 

उनलाई उपचारका लागी सान्तीपुर तर्फ लैजादै गर्दा बाटोमै निधन भएको ईलाका प्रहरी कार्यालय बरेङ डाडाका प्रमुख प्रहरी निरिक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभयो । छन्त्यालको थप उपचारका लागी पोखरा बाट हेलिकप्टर मगाईएको भएपनि बाटोमै निधन भएपछि हेलिकप्टर यत्तीकै फर्किएको स्थानिय सुमन गुरुङले बताउनु भयो ।

मृतकको कम्मर मुनी गम्भीरचोट लागेको र अत्याधिक रक्त श्राब का कारण निधन भएको प्रहरी निरिक्षक बुद्धिसागर पुरीले बताउनु भयो ।

ढुङगा निकाल्न मृतक छन्त्याल सहित अर्का एक जना पनि गएको उनि सामान्य घाईते रहेको पुरीको भनाई छ ।

« बरेङमा स्थानीय निर्वाचन सम्बन्धि पालना गर्नुपर्ने आचारसंहिता बैठकको निर्णय सार्वजनिक «

» ढुङगाले थिचेर मृत्यु भएका युवाको शवको अझै पनी दाह संस्कार हुन सकेन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal