ढुङगाले थिचेर मृत्यु भएका युवाको शवको अझै पनी दाह संस्कार हुन सकेन
दिपेन्द्र परियार २२ बैशाख २०७९ । बुधबारदिउसो ढुङगाले थिचेर मृत्यु भएका युवाको शवको अझै पनी दाह संस्कार हुन सकेको छैन । भबितब्यमा परेर निधन भएको शबको पोष्टमार्टम नगरिकन दाह संस्कार गर्न नमिल्ने भन्दै प्रहरीले रोके पछि शबको दाह सस्कार हुन नसकेको जिल्ला प्रहरी कार्यलय गुल्मीका एसपी भिम बहादुर दाहालले बताउनु भयो ।
घटना बारे आबस्यक अनुसन्धान तथा प्रकृयाका लागी ईलाका प्रहरी कार्यालय रिडि गुल्मीबाट प्रहरीको टोली आउदै गरेको प्रहरी चौकी भुर्तुङका कार्यालय प्रमुख असई दुहुना चौधरीले जानकारी दिनु भयो ।
कालिगण्डकी गाँउपालिकाको कालिलेख बनको ढुङगाखानीमा ढुङगा निकाल्ने क्रममा माथिबाट एक्कासी ढुङगा खसेर च्यापिएपछि गम्भीर घाईते भएका बरेङ गाँउपालिका १ धुल्लुबास्कोट अर्लाङतुङका बर्ष २३ का भुमिराज छन्त्यालको उपचारका लागी सान्तीपुर तर्फ लैजादै गर्दा बाटोमै निधन भएको थीयो । छन्त्यालको थप उपचारका लागी पोखरा बाट हेलिकप्टर मगाईएको भएपनि बाटोमै निधन भएपछि हेलिकप्टर यत्तीकै फर्किएको थियो ।
मृतकको कम्मर मुनी गम्भीरचोट लागेको र अत्याधिक रक्त श्राब का कारण निधन भएको ईलाका प्रहरी कार्यलय बरेङका प्रहरी निरिक्षक बुद्धिसागर पुरीले बताउनु भयो ।
ढुङगा निकाल्न मृतक छन्त्याल सहित अर्का एक जना पनि गएको उनि सामान्य घाईते रहेको प्रहरीको भनाई छ ।
« गिट्टी निकाल्ने क्रममा ढुङगा खसेर थिच्दा बरेङमा एक जनाको ज्यान गयो «







