दर्ता. न‌: २४५/०६५/०६६

ढुङगाले थिचेर मृत्यु भएका युवाको दाह संस्कार गरियो

दिपेन्द्र परियार २२ बैशाख २०७९ ।बुधबारदिउसो ढुङगाले थिचेर मृत्यु भएका युवाको दाह संस्कार गरिएको छ । 

ईलाका प्रहरी कार्यालय रिडि गुल्मीबाट प्रहरीको टोली आएर घटना बारे आबस्यक अनुसन्धान तथा प्रकृया पुरा गरेपछि शबको बिहिबार दाहा सस्कार गरिएको हो ।

शबको पोष्टमार्टम नगरिकन दाह संस्कार गर्न नमिल्ने भन्दै प्रहरीले रोकेपछि शबको दाह सस्कार हुन सकेको थिएन । 

कालिगण्डकी गाँउपालिकाको कालिलेख बनको ढुङगाखानीमा ढुङगा निकाल्ने क्रममा माथिबाट एक्कासी ढुङगा खसेर च्यापिएपछि गम्भीर घाईते भएका बरेङ गाँउपालिका १ धुल्लुबास्कोट अर्लाङतुङका बर्ष २३ का भुमिराज छन्त्यालको उपचारका लागी सान्तीपुर तर्फ लैजादै गर्दा बाटोमै निधन भएको थीयो । 

ढुङगा निकाल्न मृतक छन्त्याल सहित अर्का एक जना पनि गएको र उनि सामान्य घाईते भएको प्रहरीको भनाई छ ।

« ढुङगाले थिचेर मृत्यु भएका युवाको शवको अझै पनी दाह संस्कार हुन सकेन «

» निर्वाचनलाई शान्तिपुर्ण बाताबरणमा सु सम्पन्न गर्नका लागी बरेङमा सुरक्षा प्रबन्धमा कडाई »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal