दर्ता. न‌: २४५/०६५/०६६

निर्वाचनलाई शान्तिपुर्ण बाताबरणमा सु सम्पन्न गर्नका लागी बरेङमा सुरक्षा प्रबन्धमा कडाई

दिपेन्द्र परियार २३ बैशाख २०७९ ।बैशाख ३० गते हुन गैरहेको स्थानिय निर्वाचनलाई शान्तिपुर्ण बाताबरणमा सु सम्पन्न गर्नका लागी सुरक्षा प्रबन्धलाई चुस्त बनाईएको छ ।

निर्वाचन लाई प्रभाबित पार्न सक्ने क्रियाकलापहरुको मध्यनजर राख्दै अहिले नेपाल सरकारका ४ वटै सुरक्षा निकायका शुरक्षाकर्मिहरु बरेङमा परिचालन भैरहेका ईलाका प्रहरी कार्यालय बरेङका प्रमुख प्रहरी निरिक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभयो ।

निर्वाचनको समयमा हुन सक्ने जोखिम, र सम्भाबित घटना तथा क्रियाकलापहरुको नेपाल प्रहरी,शसस्त्र प्रहरी,नेपाली सेना राष्ट्रिय अनुसन्धान बिभागले आबस्यक सुचना तथा जानकारी संकलन गरिरहेको पुरीले बताउनु भयो ।

बरेङगाँउपालिकामा ५ मतदान स्थलहरु र १२ मतदान केन्द्र रहेका छन । ५ मतदान स्थलमध्ये ३ वटालाई अति संबेदनशिल मतदान स्थल  तोकेर आबस्यक सुरक्षा प्रबन्ध मिलाईएको पुरीको भनाई छ ।उहाँका अनुसार बरेङका जुनसुकै ठाँउमा घटनाहरु भएपनि बढिमा १० मिनेटमा सुरक्षा निकायका कर्मचारी पुग्न सक्नेगरि ब्यबस्था मिलाईएको भन्दै बरेङमा अन्य समय भन्दा अहिले नेपाल प्रहरीले ब्यापक रुपमा गस्ती,र निगरानी  समेत बढाएको बताउनु भयो ।

बरेङमा म्यादि सहित नेपाल प्रहरीे बरेङका ४ स्थानमा रहेका छन । नेपाली सेना र शसस्त्र प्रहरी वडा न २ मा रहने ब्यबस्था मिलाईएको छ । 

यस्तै निर्वाचनलाई ब्यबस्थित एबं मर्यादित ढङग बाट शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न बरेङ गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सहित ७ जना कर्मचारीहरुको टिम खटिएको निर्बाचन अधिकृत मनिराम ज्ञवालीले जानकारी दिनु भयो ।

निर्बाचनको समयमा बरेङका सबै जसो जनप्रतिनिधिले राजिनामा दिएको अबस्था रहेपनि नागरिकका अन्य कार्यहरु प्रभाबित नहुन भनेर वडा समिति मार्फत कार्यबहाक वडा अध्यक्ष तोकेर कार्यलयबाट हुने नियमित कार्यहरुलाई निरन्तरता दिएको बरेङ गाँउपालिकाका प्रमुख प्रषाशकिय अधिकृत तथा साहयक निर्बाचन अधिकृत जित बहादुर रानाले बताउनु भयो । 

बरेङमा अहिले सम्म सबै पार्टिले आचारसंहिताको पालन गरेका निर्वाचन अधिकृत ज्ञवालीको भनाई छ । 

« ढुङगाले थिचेर मृत्यु भएका युवाको दाह संस्कार गरियो «

» बरेङ झुले नाम्दुक सडक १ हप्ता देखि अबरुद्ध »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal