दर्ता. न‌: २४५/०६५/०६६

राङखानी माध्यमिक बिद्यालय डाँडाखानीको ६६औं बार्षिकोत्सब सम्पन्न ।

प्रकाश छन्त्याल, डाँडाखानी । २३ आश्विन २०७५ । राङखानी माध्यमिक बिद्यालय डाँडाखानीको ६६औं बार्षिकोत्सब सम्पन्न  भएको छ । जैमिनी नगरपालिका वडा नं. १० को डाँडाखानी स्थित उक्त बिद्यालयको ६६औं बाषिैकोत्सब कार्यक्रम मंगलवार मुल समारोह सहित सम्पन्न भएको हो ।

जैमिनी नगर पलिका शिक्षा उप सचिब खेम प्रसाद आचार्य को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अतिथि पिटिए अध्यक्ष रन बहादुर शिरीष,सम्पुर्ण स्रोत केन्द्र का प्र अ हरुको तर्फ देखि जनता मा बि पैयुका शिक्षक राम बहादुर थापा, रेडियोको बिहानी का स्टेशन को अर्दिनेतर प्रकाश छन्त्याल ,जैमिनी नगर पालिका वदा न १० का वदा अध्यक्ष नर बहादुर थापा,बरेङ गाउँ पालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा ,बिशिस्ट अतिथी स्रोत ब्यक्ति ढक बहादुर पुन लगायतले शुभ कामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा बिधालयका प्रधानाध्यापक रुद्र बहादुर थापाले बिधालयको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । भने बिद्यालय का विद्यार्थी हरुले शिक्षा मुलक गीत र नाच प्रस्तुत गर्नुका साथै जन गाएक जीवन शर्माको बिशेष प्रस्तुती रहेको थियो । 

बिधालयको ६६ औ बार्शिक उत्सव असोज२१ गते देखि विभिन्न आधारभूत तथा माध्यमिक तह को बिध्यार्थिहरु बिच विभिन्न प्रतियोगितात्म्क कार्यक्रम गरिएको थियो । भने आज भएको समापन कार्यक्रममा  माध्यमिक बिद्यालय तहको गीत तथा नृत्य प्रतियोगिता पनि गरिएको थियो जस्मा ३ वता बिधालयको सह्भागिता रहेको थियो ।साथै बिधालय ले सेवा निर्बित शिक्षइका गौरी देवि पुन थापा लगाएत प्रमुख अतिथी, बिशिस्ट अतिथि हरु लाई खादा तथा मायाको चिनोले सम्मान गरिएको थियो । प्रतेक बर्ष छनोट गरिने उत्कृष्ट शिक्षकमा यो बर्ष  शिक्षक कमल सुवेदीलाई उत्कृष्ट  घोषणा  गरिएको  छ ।

कार्यक्रम बिधालयका अध्यक्ष मन बहादुर सिरिसको अध्यक्षता ,शिक्षक कमल सुबेदिको स्वागत ,शिक्षक हेमराज आचार्य ,शिक्षक इन्द्रबहादुर पुन को सन्चालनमा सम्पन्न  भएको थियोे ।

« बिहानीको १०औं बार्षिक साधारण सभा असोज २७ मा, ७० बर्ष माथिका जेष्ठ सदस्य सम्मान कार्यक्रम थप । «

» अखिल छैठौंको शुभकामना आदन प्रदान कार्यक्रम जनता माबि पोखरिबारीमा । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal