नेकपा एमाले बरेङको चुनाबि प्रचार प्रसार तथा घर दैलो कार्यक्रम बिभिन्न ठाँउमा सम्पन्न
दिपेन्द्र परियार २३ बैशाख २०७९ । नेकपा एमाले बरेङको चुनाबि प्रचार प्रसार तथा घर दैलो कार्यक्रम बरेङका बिभिन्न ठाँउमा सम्पन्न भएको छ ।
आज शुक्रबार बरेङ गाँउपालिकाको वडा न १ धुल्लुबास्कोटको झुले मजुवा लिउवा,काउलेचौर,मा घर दैलो तथा बरेङ बजारको भाटि र बिहानी टोलमा कोण सभा सम्पन्न भएको हो ।
त्यस्तै पालिकाको वडा न २ हुग्दिसिरको सुदाला,सिग्धारा,मैदानमा पनि घर दैलोकार्यक्रम सम्पन्न गरिएको वडा न २ का वडा सदस्यका उमेदबार तथा नेकपा एमाले जिल्ला कमिटि सदस्य प्रेम प्रसाद पौडेलले बताउनु भयो ।
वडा न २ मा वडा अध्यक्षका उमेदवार पदम जंग श्रीस,महिला सदस्यका उमेदबार टिका कुमारी खत्री ,दलित महिला सदस्य सपना नेपाली ,खुल्ला सदस्य प्रेम प्रसाद शर्मा लगाएको टिम ले घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।
बरेङ बजारमा भएको कोण सभा लाई सम्बोधन गर्दै पार्टि केन्द्रिय सदस्य तथा संघिय सासंद डा सुर्य पाठकले अहिलेको गठबन्धन सत्ता स्वार्थका लागी मात्रै भएकाले बिकासको अपेक्षा गर्न नसकिने बताउनु भयो ।
जनता माझ नेकपा एमालेको लोकप्रियतालाई अहिलेको गठबन्धनले रोक्न नसक्ने भन्दै बैसाख ३० गते पछि सिंगो नेपाल एमालेमय बन्ने बिस्वास ब्यक्त गर्नुभयो ।
नेकपा एमालेबाट बरेङ गाँउपालिकाका अध्यक्षका उमेदबार प्रदिप थापाले बरेङको बिकासका लागी आफ्नो महत्वपुर्ण योगदान रहेको दाबी गर्नुभयो । बरेङबासि नागरिकको बिचमा नेपकपा एमालेको तर्फबाट पालिका सहित पाँचै वडाका उमेद्वारहरुलाई सुर्य चिन्हमा मतदान गरि समृद्ध बरेङ सुखि बरेङबासि बनाउनकालागी नागरिकलाई अपिल गर्नुभयो ।
वडा न २ का सदस्यका उमेद्वार प्रेम प्रसाद शर्मले हिजोको नेतृत्वले गरेका राम्रा कार्यलाई निरन्तरता दिदै राज्यको निति र बिधि भित्र रहि जनताका यावत समस्या हरुलाई नितिगत निर्णका साथ समाधान गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
निबार्चनमा बिजयी हासिल गरेर जनताको बिचमा गई उनिहरुको भाबना र आबस्यकता हरुको पहिचान गरि योजना तथा कार्यक्रम सम्पन्न गर्ने बताउनु भयो ।
उहाँले हिजो हुग्दिसिर बासिले जनप्रतिनिधी बाट सास्ती पाएको भन्दै आफु र आफ्ना उमेद्वारहरु बिजयि भएमा नागरिकका सबै गुनासोहरु सम्बोधन गर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदसय लिला थापा मगर ,पार्टि केन्द्रिय सदस्य तथा संघिय सासंद डा सुर्य पाठक गण्डकी प्रदेस सम्पर्क कमिति कासचिब पदम गिरि लगाएत जिल्ला कमिटि सदस्यहरुको सहभागिता रहेको थियो ।







