बरेङ गा.पा.मा मतगणना स्थलको तयारी
२५ वैशाख ०७९ ।बरेङ । बाग्लुङको बरेङ गाउँपालिकामा स्थानीय निर्वाचन तयारी सङ्गै मतगणना स्थलको निर्माण कार्य सम्पन्न भएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन लक्षित गरेर आइतबार निर्वाचन अधिकृत मनिराम ज्ञावाली सहितको टोलिले मतगणना स्थलको तयारी गरेको हो ।
जनताको अमुल्य मतलाई स्वच्छ र सुरक्षित वातावरणका साथ गणना गर्नका लागि सिसि क्यामेराको निगरानी हुने गरि पालिकाको केन्द्रमा मतगणना स्थलको तयारी गरिएको निर्वाचन अधिकृत ज्ञावालीले बताउनुभयो । मतगणना स्थलमा बिजुली बत्ति गईहालेमा विकल्पमा जेनेरेटर, सोलार ब्यापकको व्यवस्था गरिएको सहायक निर्वाचन अधिकृत जित बहादुर रानाले बताउनुभयो ।
« नेकपा एमाले बरेङको चुनाबि प्रचार प्रसार तथा घर दैलो कार्यक्रम बिभिन्न ठाँउमा सम्पन्न «
» बरेङमा आएका करोडौका योजना मन्त्रालय सम्मै पुगेर अबरोध गर्नेहरु बाट बिकासको अपेक्षा कसरी गर्ने ? »







