बरेङमा आएका करोडौका योजना मन्त्रालय सम्मै पुगेर अबरोध गर्नेहरु बाट बिकासको अपेक्षा कसरी गर्ने ?
भुमा मगर २६ बैशाख २०७९। बरेङ मा गठबन्धन दलहरुले नागरिकका घरघर पुगेर भोट माग्ने कार्यक्रम जारी राखेका छन ।
यसै क्रममा बरेङ बजारमा पाँच दलीय गठबन्धन उम्मेदवारका चुनाव प्रचारप्रसार कार्यक्रम सम्पन्न भएको छ । बरेङ बजारमा आयोजना गरिएको कोण सभामा बोल्दै गठबन्धनका बक्ताहरुले दुई तिहाई सरकार हुँदा पनि आफ्नो कार्यकाल पुरा नगरी नेकपा एमाले कहिले पार्टी जोड्ने, कहिले फुटाउने जस्ता कार्यले नेपाली जनतालाई धोका दिएको बताएका छन । यस्तै गाउँपालिका अध्यक्ष पदका उम्मेदवार कृष्ण प्रसाद शर्माले बरेङ गाँउपालिकामा भैरहेको बिकास निर्माणका कार्यहरुले आफुहरुको जित सुनिश्चित भएको भन्दै अबको कार्यकालमा गरिने कार्ययोजना हरुको बारे बजार बजारबासिहरुलाई जानकारी गराउनु भएको थियो ।
हिजोका दिनमा बरेङमा बिकास निर्माणका ठुला योजनाहरु आउदा मन्त्रालय सम्मै पुगेर अबरोध गर्नेहरु अहिले आएर पालिकाले सिमित श्रोत साधनका बिचपनि पुरा गरेका योजना तथा कार्यक्रमहरुमा आफ्नो दाबी गरिरहेको भन्दै उडन्ते झुटा आस्वासनको पछाडि नलाग्न बरेङबासीमा अनुरोध गर्नुभयो ।समृद्ध बरेङ सुखि बरेङबासि बनाउने नागरीक र आफ्नो सपना अझै पुरा हुन नसकेको बताउदै शर्माले अबको कार्यकालमा नागरिकले थप महसुस गर्ने गरि कार्यहरु गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
समय र प्रबिधिको बिकास क्रमसँगै नागरिकका चाहनाहरुपनि स्थानिय सरकार पर्ती बढ्दै गैरहेको सन्दर्भमा ति सबैलाई सम्बोधन गर्नका लागी लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई यही बैशाख ३० गते हुन गैरहेको स्थानिय निर्वाचनमा अत्याधिक मतले बिजय बनाउन हरेक समुदायको नागरिकहरुले सहयोग गर्न पनि आग्रह गर्नु भयो ।







