दर्ता. न‌: २४५/०६५/०६६

गाँउपालिकाको समग्र विकास र प्रतिगमनलाई परास्त गर्नका लागी गठबन्धनका उम्मेदवारलाई भोट दिनुपर्छ ः सेरपुर्जा

भुमा मगर २६ बैशाख २०७९। गठबन्धनका तर्फबाट बरेङ गाउँपालिका वडा न ५ का अध्यक्षका उमेद्वार अमर शेरपुर्जाले अघिल्लो कार्यकालमा पुरा गर्न नसकेका कामहरु पुरा गर्नका लागी  फेरी आफ्नो उम्मेदवारी दिएको बताउनुभएको छ । 

गत कार्यकालमा आफ्नो कामबाट सुखौरावासी नागरिकहरु सन्तुष्ट रहेकादावी गर्दै सेर्पुजाले नागरिककै आग्रह अनुसार पुन वडा अध्यक्ष पदमा उमेद्वारी दिएको बताउनुभयो । 

रेडियो विहानीसंग कुरा गर्दै उहाँले  गाँउपालिकाको समग्र विकास र प्रतिगमनलाई परास्त गर्नका लागी गठबन्धनका उम्मेदवारलाई भोट दिनुपर्ने बताउनुभएको हो 

साथै बरेङ गाँउपालिकामा पहिलो पार्टी  जनमोर्चा र दोस्रो पार्टी नेपाली काग्रेस भएको बताउदै माओवादि केन्द्र समेत गठबन्धनमा आएपछि उहाँले बरेङमा अहिलेको चुनाव गठबन्धनले स्वत जित्ने दावी समेत गर्नुभयो । उहाँले नेकपा एमाले के हो भन्ने कुरा जनताले चिनेको हुँदा र गठबन्धनले गर्दा चुनाव जित्न चुनौती नरहेको बताउनुभयो ।

वितेको कार्यकालमा आफूहरुले बाटो शिक्षा स्वास्थ्य खानेपानी आदिमा जोड दिएर काम गरेको उल्लेख गर्नुभयो ।  कृषिमा भने आत्मनिर्भर बनाउन नसकिएको र अबको कार्यकालमा सुखौराका जनतालाई कृषि र पशुमा आत्मनिर्भर बनाउने र  बसाइसराइलाई न्युन बनाउने लक्ष का साथ लागेको उहाँले बताउनुभयो  । 

मौन अवधि भोली राती १२ बजे देखी सुरु हुदैछ निर्वाचनको आचारसंहिता भने प्रतिपक्ष र आफुहरु दुबै पक्षबाट पालना भएको उहाँले बताउनुभयो । तडकभडक गर्ने भोजभतेर गर्ने ,लोभ लालचा देखाउने पर्चा टाँस्ने  जस्ता आचारसंहिता उल्लङघन दुवै पक्षबाट  नभएको बताउनुभयो ।

« बरेङमा आएका करोडौका योजना मन्त्रालय सम्मै पुगेर अबरोध गर्नेहरु बाट बिकासको अपेक्षा कसरी गर्ने ? «

» बरेङ गाँउपालिकामा जित सुनिश्चित भएको गठबन्धनको जिकिर »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal