दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाँउपालिकामा जित सुनिश्चित भएको गठबन्धनको जिकिर

दिपेन्द्र परियार २६ बैशाख २०७९। बरेङ गाँउपालिकामा गठबन्धनको जित सुनिश्चित भएकाले अन्य पार्टिलाई मत दिएर मत खेर नफाल्न  गठबन्धनका उमेद्वारहरुले नागरिकलाई अपिल गरेका छन ।

वडा न २ हुग्दिसिरमा ५ दलिय गठबन्धनको स्थानिय निर्वाचन ब्यबस्थापन तथा युवा भेलालाई सम्बोधन गर्ने बक्ताहरुले गठबन्धन गर्नुको औचित्यको बारे स्पष्ट पार्दै  बरेङमा एक्ला एक्लै निर्वाचनमा जाँदापनि जितिरहेको अबस्थामा गठबन्धनभएपछि जित थप सुनिश्चित भएको जिकिर गरेका हुन ।

कार्यक्रममा बोल्दै बरेङ गाँउपालिकाका भुतपुर्ब अध्यक्ष तथा गठबन्धनका बर्तमान अध्यक्षका उमेदबार कृष्ण प्रसाद शर्माले अहिलेको स्थानिय निर्वाचनलाई ईतिहासमै  पहिलो पटक फरक तरिकाले उपयोग गरेको बताउदै नेपाली जनताको बलीदान बाट प्राप्त भएका उपलब्धीहरुको रक्षा गर्नकालागी अहिले को गठबन्धन जरुरी रहेको बताउनु भयो । 

अहिलेको निर्वाचनमा कुनै पार्टिले जित्ने हार्ने भन्दा पनि प्रतिगमन बाट मुलुक नै हार जितको अबस्थामा रहेको कुरा मतदाताहरुलाई स्पष्ट बुझाउनुपर्ने बताउनुभयो । कुनै पनि पार्टि र ब्यक्ति नहेरीकन गठबन्धनका उमेदबारहरुलाई निर्धक्क मत हाल्नका लागी उहाँले सबैलाई अनुरोध गर्नु भयो ।

उपाध्यक्ष पदका उमेद्वार दिलिप कुमार पुनले मतदाताहरुको सङख्या सँगसँगै ब्यबस्थापकिय पाटो पनि बलियो बनाउनु जरुरी रहेको बताउनु भयो । 

नेकपा माओवादी केन्द्रका मदन बहादुर कालाले अन्य वडामा भन्दा हुग्दिसिरमा मतदाता शिक्षा कार्यक्रमलाई बिशेस जोड दिनुपर्ने बताउनु भयो । बिगतका निर्वाचनको अनुभबको आधारमा ब्यबस्थापकिय तथा प्राबिधिक पक्षलाई संयोजन गरेर गठबन्धन दलहरुले योजना निर्माण गर्न आबस्यक रहेको बताउनु भयो । 

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पुर्ण बहादुर पुन,नेपाली कांग्रेसका होम बहादुर छन्त्याल ,माओवादी केन्द्रका कासीराम बि.क लगाएतले बोल्नु भएको थियो ।

« गाँउपालिकाको समग्र विकास र प्रतिगमनलाई परास्त गर्नका लागी गठबन्धनका उम्मेदवारलाई भोट दिनुपर्छ ः सेरपुर्जा «

» बरेङ गा.पा.सर्वदलीय बैठकको निर्णय, हेर्नुहोस् ! »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal