दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा मतदान स्थलको पूर्ण तयारी

 २९ वैशाख ०७९ । बरेङ। बागलुङको बरेङ गाउँपालिकामा शुक्रबार हुने स्थानीय सदस्य   निर्वाचन २०७९ को पूर्ण तयारी भएको छ ।
पालिकाका पाँच वटा वडामा अन्तर्गत  धुल्लुबास्कोटमा २६३१, हुग्दिशिरमा ३११८, बाटाकाचौरमा २७५३, सल्यानमा ११९७ र सुखौरामा ९२० गरी जम्मा १० हजार ६ सय १९ जना मतदाता संख्या रहेको छ । पालिकाको ५ मतदान स्थलमा १२ मतदान केन्द्र रहेका छन् भने ६० जना कर्मचारी, प्रत्येक केन्द्रमा ३ जना स्वयम सेवक र प्रत्येक केन्द्रमा ८ जना देखी १२ जना सुरक्षाकर्मी परिचालित भएका छन् भने २ समुहमा एपिएफ र आर्मी साथै मोबाइल टोलि रहेको बरेङ गाउँपालिकाका निर्वाचन अधिकृत मनिराम ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार भोली(शुक्रबार) बिहान ७ बजे देखी साझ ५ बजे सम्म मतदाताले मतदान गर्न पाउनेछन्  । पालिकाका पाचै मतदान स्थल तयारी अवस्थामा रहेका छन् साथै प्रतिकुल मौसमले पार्न सक्ने प्रभावका लागि कुनै केन्द्रमा त्रिपाल कुनैमा प्लास्टिक टनेलको व्यवस्था गरी पुर्व तयारी समेत गरिएको निर्वाचन कार्यालयले जानकारी गराएको छ ।
बुधबार र बिहिवार वितरण गरिएको नयाँ मतदाता परिचयपत्र मध्य पालिकाको वडा नम्बर ५ सुखौरामा १३५, वडा नम्बर ४ सल्यानमा १८१, वडा नम्बर ३ बाटाकाचौरमा ४३३, वडा नम्बर  २ हुग्दिशिरमा २९७ र वडा नम्बर १ धुल्लुबास्कोटमा २५६ जना गरि जम्मा १३०२ जनाले मतदाता परिचयपत्र लगेको सम्बन्धित वडा अन्तरगतका मतदान अधिकृतहरुले जानकारी गराएका छन् ।
मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएका मतदाताले भने प्रमाण खुल्ने कागजात देखाएर मत राख्न पाउने व्यवस्था रहेको र मौसमविदले पानी पर्ने संभावना जानकारी गराएकाले सबैरै मत राख्नको लागि उपस्तिथ हुन निर्वाचन अधिकृत ज्ञावालिले अपिल गर्नुभएको छ ।
निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादितका साथ सफल बनाउन बरेङ गाउँपालिका भित्र १ सय जना सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।
बिगत भन्दा फरक तरिकाले हाल निर्वाचन आयोगले मतदाताले मत राख्नका लागि वर्णानुक्रमानुसार नाम राखिएको छ । वर्णानुक्रम अनुसार सोही केन्द्रमा नभेटिएका मतदाताको नामावली अन्तिम मतदान केन्द्रमा हुने, मतदान केन्द्र व्यवस्थापनलाई सहज बनाउने कार्यमा सहयोग गर्न राजनीतिक दल,उम्मेदवार र मतदातालाई जानकारी गराउन निर्वाचन कार्यालयले मतदान अधिकृतलाई अनुरोध गरेको छ ।
मतदाताको नाम कुन केन्द्रमा परेको त्यसको वर्णानुक्रम अनुसार बाहिर टास गरेर वा अन्य कुनै माध्यमले जानकारी गराइदिन समेत अनुरोध गरिएको छ ।

« बरेङ गा.पा.सर्वदलीय बैठकको निर्णय, हेर्नुहोस् ! «

» बरेङ गा.पा.मा ६ हजार २ सय ६२ मत खस्यो, मतगणनाको बारेमा सर्वदलीय वैठक पछी थाहा हुने »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal