बरेङ गाउँपालिका कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न
१३ जेष्ठ ०७९ । बरेङ । बागलुङको बरेङ गाउँपालिका कार्यपालिका सदस्य निर्वाचन गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको छ ।
स्थानीय तह सदस्य निर्वाचनमा बरेङ पालिकामा २७ जना जनप्रतिनिधि चुनिएका थिए जसमध्य ६ जना कार्यपालिका सदस्यको लागि शुक्रबार मतदान गरेर टुङ्गाइएको निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत जित बहादुर रानाले बताउनुभयो ।
जनमोर्चा, कङ्ग्रेस र माओवादीको गठबन्धन प्यानल र एमालेको सुर्य प्यानल गरी मतदान भएकोमा गठबन्धन प्यानलबाट आज ६ जना कार्यपालिका सदस्य निर्वाचित भएका छन् । दलित वा अल्पसंख्यकबाट माओवादीका कासिराम बिकले २२ मत र जनमोर्चाका तुलसी बस्याल सार्कीले २२ मतका साथ निर्वाचित भए । महिला सदस्य अन्तर्गत कङ्ग्रेसका चन्द्रकला खत्रीले २२ मत र पवित्रा पुनले २१ मत प्राप्त गर्नुभएको छ भने १ मत बदर भएको छ । त्यस्तै जनमोर्चाका चन्द्रकला केसि थापाले २२ मत र जमुना बिटालुले २२ मत लिई गठबन्धन प्यानल अत्यधिक बहुमतकासाथ निर्वाचित भएका हुन् । उनिहरुका प्रतिद्वन्द्वी दलित तथा अल्पसंख्यक तर्फ खडकबहादुर सार्की र तिलबहादुर कामीले ५/५ मत, महिला सदस्य तर्फ डिलमाया क्षेत्री बिक र शोभा थापाले ५/५ मत प्राप्त गरेका थिए । निर्वाचित सदस्यले शपथग्रहण समेत गरिसकेको निर्वाचन कार्यालय जानकारी गराएको छ । निर्वाचित ६ सदस्य, पाँच वटै वडाका वडाध्यक्ष, पालिका अध्यक्ष र उपाध्यक्ष सहित १३ जनाको कार्यपालिका सदस्य बनेको छ ।
« बरेङ गा.पा.मा ६ हजार २ सय ६२ मत खस्यो, मतगणनाको बारेमा सर्वदलीय वैठक पछी थाहा हुने «







