दर्ता. न‌: २४५/०६५/०६६

बागलुङमा सेयर लगानीकर्ताको उत्साह बढ्यो, तीन महिनामा एघार करोडको कारोबार

बागलुङमा पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको संख्या वृद्धि हुन थालेको छ । स्टक ब्रोकर नम्बर ५९, दिब्या सेक्युरिटिजले अहिले बागलुङका लगानीकर्तालाई सेयर कारोबार गर्ने प्लेटफर्म उपलब्ध गराई रहेको छ । दिब्याकाे रिमोट वर्क स्टेशन बागलुङमा पछिल्लो तीन महिनामा ११ करोड रुपैंयाको सेयर किनबेच भएको कम्पनीले जनाएको छ ।

दिब्या सेक्युरिटिजले गत बैशाखदेखि बागलुङ बजारमा शाखा सञ्चालनमा ल्याएको थियो । सेक्युरिटिजका शाखा प्रमुख कुमार शर्माका अनुसार तीन सय जनाले ग्राहक पहिचान गराएर कारोबार गर्न सक्ने आधार तयार गरेका छन् । त्यसै गरी एक सय ५० जनाले कुनै न कुनै रुपमा सेयर किनबेच गरेको बताएका उनले याे शाखामा दुई सय जनाले हितग्राही खाता खोलेको जनाएका छन् ।

दिव्याले बागलुङ शाखामा दैनिक २० बढी कारोबार हुने गरेको बताएको छ । उसका अनुसार लगानीकर्ताले बजारमा लगानी गर्न सिक्ने क्रममा रहेकाले सुरक्षित मानिएको वाणिज्य बैंकहरुको सेयर अधिक कारोबार हुने गरेको छ ।

« बागलुङमा घर भत्किदा २ जनाको मृत्यु «

» कुवेतमा भिङगिठेका मृतक कपिल घर्तीका परिवारलाई ६४ हजार आर्थिक संकलन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal