अखिल छैठौंको शुभकामना आदन प्रदान कार्यक्रम जनता माबि पोखरिबारीमा ।
कमल राना, पैञ्युथन्थाप । २३ आश्विन २०७५ । जनता माध्यमिक बिधालय पैयुुथन्थापमा अध्यानरत ११ र १२ कक्षाका बिध्यार्थी र अखिल (छैठौं) जनता मा.बि इकाई समितिले संयुक्तरूपमा नव बर्ष २०७५ सालको बिजयदशमी तथा शुभ दिपावलिको पावन अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम मंगलबार बिधालयको प्राङगणमा सम्पन्न गरेको छ ।
कार्यक्रममा जनता मा.बिका प्रध्यानध्यापक देवी प्रसाद सुबेदीले प्रमुख आतित्थियता बाट शुभकामना प्रदान गर्नु भएको थियो ।
साथै बिधालयका सम्पूर्ण शिक्षक शिक्षिका र अखिल (छैठौं )इकाई समितिको तर्फ देखि हेमा देवी थापा र विशाल सप्लांङगीले समेत बिजयदशमी तथा शुभ दिपवलीको शुभाकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा बिधायर्थीहरूले जनता माबिमा अध्यापन गराउने सम्पूर्ण शिक्षक शिक्षिकालाई अबिर र फुलमालाले समान गरेका थिए भने बिधालयको तर्फ देखि कार्यक्रममा उपस्थित सबैलाई गित र नृत्य प्रस्तुत गरि स्वागत गरेका थिए । भने सो कार्यक्रममा अखिल (छैठौं ) इकाई समिति जनता मा.बिले इकाई समितिमा रहेका सबैलाई अखिल (छैठौं )को सदस्य कार्ड समेत बितरण गरेका थिए ।
अखिल (छैठौं ) इकाई समितिका अध्यक्ष बबिन शर्माको अध्यक्षतामा अगाडि बढेको कार्यक्रममा अखिल (छैठौं )इकाई समितिका सचिब मिलन नेपालीको सञ्चालन रहेको थियो ।
« राङखानी माध्यमिक बिद्यालय डाँडाखानीको ६६औं बार्षिकोत्सब सम्पन्न । «
» सर्बोदय माबिमा शुभकामना आदान प्रदान सहित बिबिध कार्यक्रम सम्पन्न । »