बरेङमा निवर्तमान उपाध्यक्षद्वारा वर्तमान उपाध्यक्ष पुनलाई गाउँ सभाको माईनट हस्तान्तरण, नवनिर्वाचित र निवर्तमान जनप्रतिनिधिलाई सम्मान तथा बिदाई
२० जेष्ठ ०७९ । बरेङ । बागलुङको बरेङ गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयले एक कार्यक्रमका बीच नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा बधाई र निवर्तमान जनप्रतिनिधिलाई बिदाबरेङमा निवर्तमान उपाध्यक्षद्वारा वर्तमान उपाध्यक्ष पुनलाई गाउँ सभाको माईनट हस्तान्तरण, नवनिर्वाचित र निवर्तमान जनप्रतिनिधिलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा निर्वतमान उपाध्यक्ष दिलकुमारी पुनले वर्तमान उपाध्यक्ष दिलिपकुमार पुनलाई गाउँ सभा र गाउँकार्यपालिकाको माइनट हस्तान्तरण गर्नुभएको छ ।
माइनट हस्तान्तरण सङ्गै निवर्तमान उपाध्यक्ष पुनले कार्यालय स्थापना देखि विकासका काममा कर्मचारीसङ्ग सहकार्य गर्दै ५ वर्ष बिताएको अनुभव सुनाउनुभएको थियो । पुनले नवनिर्वाचित महिला जनप्रतिनिधिलाई महिलाका समस्या समाधान गर्ने, महिला सक्षम हुने खालका कार्यक्रम बनाउने, महिला सशक्तीकरणका कार्यक्रमलाई निरन्तरता दिने, महिला, बालबालिका,जेष्ठ नागरिक, अपाङ्ग व्यक्तिको हितका लागि पछि नहट्ने, सबल कामको सधै निरन्तरता दिनुपर्ने सुझाव दिनुभएको थियो । त्यस्तै उहाँले महिला नेतृत्व विकासका काममा गण्डकी प्रदेशमै राम्रो काम गर्न बरेङ सफल रहेको समेत दाबी गर्नुभएको थियो ।
कार्यक्रममा निर्वाचित वडा अध्यक्षहरु नरसिंह पुन, हिराबहादुर घर्ती,शेरबहादुर खनाल क्षेत्री,किसान खत्री र अमर शेरपुर्जाले आफुहरुले जनताको हितको लागि सेवकका रुपमा काम गर्ने बताए भने निवर्तमान वडाध्यक्ष गुप्तप्रसाद काला थापा, दुर्गा कार्की थापा, वडा सदस्यहरू गङ्गा क्षेत्री सुनार,दिपा सुनार,पृथ बहादुर पुनले आफ्ना कार्य अनुभव बताउदै आवश्यक परेका खण्डमा साथ र सहयोगका लागि पछि नहट्ने बताएका थिए ।
नवनिर्वाचित जनप्रतिनिधिलाई दोसल्ला,अबिर र पुस्प गुच्छाले स्वागत गरिएको कार्यक्रममा निवर्तमान जनप्रतिनिधिहरुलाई मायाको चिनो, प्रमाणपत्र, दोसल्ला र पुस्प गुच्छाद्वारा सम्मान गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर रानाले बताउनुभयो ।
त्यस्तै कार्यक्रम समापनका क्रममा नवनिर्वाचित उपाध्यक्ष दिलिप कुमारले पुनले सहनशिल,धैर्य,आम नागरिकको भावना कदर हुने गरी काम गर्ने,आम नागरिकको सेवकको रुपमा काम गर्ने, गर्दै सिक्दै,सिक्दै गर्दै जाने र भैहालेका कमजोरी नदोहोर्याउने, मिठो कुरा गरेर तीखो छुरा रोप्ने काम नगर्ने जस्ता प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उपाध्यक्ष दिलिपकुमार पुनको अध्यक्षता,प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाको स्वागत मन्तव्य र रोजगार संयोजक केशवराज क्षेत्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
« बरेङ गाउँपालिका कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न «
» बरेङको धुल्लुवास्कोटका बिभिन्न बस्ती केन्द्रिय बिद्युतको पहुँचमा »







