दर्ता. न‌: २४५/०६५/०६६

बरेङको धुल्लुवास्कोटका बिभिन्न बस्ती केन्द्रिय बिद्युतको पहुँचमा

२७ जेष्ठ २०७९ दिपेन्द्र परियार । बरेङ गाँउपालिकाको वडा न १ को ओखरेनी माझगाँउ ,थुम, लुङदी चौडिला, सोलथापा गडेलमा नेपाल बिद्युत प्राधिकरण मार्फत केन्द्रिय बिद्युत बालिएको छ ।

आज एक कार्यक्रमका बिच नेपाल बिद्युत प्राधिकरण बरेङ धुल्लुवास्कोट उपभोक्ता समितिकाअध्यक्ष छत्र बहादुर थापाले बिद्युतको स्वीच अन गरेर उद्धघाटन गर्नुभयो ।

कार्यक्रममा नेपाल बिद्युत प्राधिकरण बाग्लुङ बलेवा नो लााईटका ईलेट्रिसियन केसब बहादुर पौडेल, बिष्णु रेग्मि लगाएतको उपश्थिति रहेको थियो । यस अघि त्यहाका स्थानियले पालुङखोलाबाट लघु जलबिद्युतको बिद्युत उपभोग गर्दै आएका थिए । लघु जलबिवद्युत उपभोग गर्दा बिहान बेलुका बत्ति मात्रै बालिरहेकोमा अब भने  ११ केभिए प्रशारण लाइृनबाट वडाका १ सय १० घर धुरीले केन्द्रिय बिद्युतको उपयोग गरेका अध्यक्ष छत्र बहादुर थापाले बताउनु भयो । केन्द्रिय बिद्युत पुगेपछि चौबिसै घण्टा,घरेलु उद्योग कलकारखना लगाएत बिद्युतिय उपकरण सञ्चालन गर्न सकिने हुँदा आफुहरु खुसि भएको स्थानिय रेसम थापाले बताउनु भयो ।

त्यसतै वडा न १ कै छाप,उर्लेनी ,जमाने, ठाकुरचौर,गुवाडि र तल्लो गडेलका बस्तीमा समेत तुरुन्तै बिद्युतको पहुच पु¥याईने पनि अध्यक्ष थापाको भनाई छ ।

« बरेङमा निवर्तमान उपाध्यक्षद्वारा वर्तमान उपाध्यक्ष पुनलाई गाउँ सभाको माईनट हस्तान्तरण, नवनिर्वाचित र निवर्तमान जनप्रतिनिधिलाई सम्मान तथा बिदाई «

» जैमिनीमा बिभिन्न विषय विज्ञहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal