दर्ता. न‌: २४५/०६५/०६६

१५वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा बरेङ गाउँपालिका–३ का २४ वर्षीय श्रीष पक्राउ

रेडियो बिहानी १ असार २०७९नाबालिक बलात्कार गरेको आरोपमा बागलुङ जिल्ला प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

१५वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङको बरेङ गाउँपालिका–३ का २४ वर्षीय अनिल श्रीषलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

जेठ २७ गते बालिकालाई दिदिको घर तर्फ जादै गर्दा एक्लै देखेपछि डरधम्की देखाएर बाटोमा बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ३० गते जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिएसंगै बलात्कार गर्नेको खोजीकार्यमा जुटेको प्रहरीले श्रीषलाई पक्राउ गरेको रानाको भनाई छ ।

बलात्कार पछि नाबालिकले आफ्नो आमालाई भनेपछि घटना प्रहरीकोमा आएको हो । उजुरीको आधारमा आरोपितलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीको भनाई छ ।

« जैमिनीमा बिभिन्न विषय विज्ञहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न «

» बरेङ गाउँपालिकाको नवौं गाउँ सभाको उद्धाटन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal