दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउँपालिकाको नवौं गाउँ सभाको उद्धाटन

०५ असार ०७९ । हुग्दिशिर ।बरेङ गाउँपालिकाको नवौं गाउँ सभाको उद्घाटन भएको छ ।  आर्थिक वर्ष २०७९/८० को नीति बजेट तथा कार्यक्रम   लक्षित गाउँकार्यपालिकाको सभाहल हुग्दिशिरमा संचालित  कार्यक्रममा प्रमुख अतिथी गाउँपालिकाका  पुर्व उपाध्यक्ष दिलकुमारी पुनले आइतबार  दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको हो । उद्घाटन सङ्गै उपाध्यक्ष पुनले बिगतका राम्रा कामलाई पछाउदै जानुपर्ने र अब पनि जनताको हित हुने खालका कार्यक्रम गर्नको लागि शुभकामना दिनुभयो ।उहाँले विभेदकारी योजना नलिईकन, सबैले न्याय पाउने गरि काम गर्न सुझाव दिनुभयो । 
प्रमुख अतिथि पुनलाई पालिका अध्यक्षद्वारा  सम्मान तथा बिदाई गरिएको थियो ।
उद्घाटन कार्यक्रम गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष दिलिपकुमार पुनको स्वागत मन्तव्य र स्वास्थ्य प्रमुख पदमबहादुर पुनको सन्चालनमा सम्पन्न भएको हो ।

« १५वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा बरेङ गाउँपालिका–३ का २४ वर्षीय श्रीष पक्राउ «

» बरेङको बजेट: शिक्षा र स्वास्थ्यमा करिब ३ करोड »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal