दर्ता. न‌: २४५/०६५/०६६

बरेङको बजेट: शिक्षा र स्वास्थ्यमा करिब ३ करोड

५ असार ०७९ । हुग्दिशिर । बरेङ गाउँपालिकाको आर्थिक वर्ष  २०७९-८० को नीति, बजेट तथा कार्यक्रम आइतबार  गाउँ सभाले पारित गरेको छ ।
पालिकाका उपाध्यक्ष दिलिपकुमार पुनले प्रस्तुत गरेको बजेट वक्तव्यमा  कृषि, पशु,पर्यटन जस्ता क्षेत्रलाई समेटदै शिक्षा र स्वास्थ्यमा बढी महत्वकासाथ बजेट विनियोजन भएको छ ।
गाउँपालिकाको सर्वाङ्गिण विकास, सामाजिक रुपान्तरण र आर्थिक समृद्धिको आधारशिला शिक्षा क्षेत्रको विकासलाई सबै भन्दा बढी प्राथमिकता प्रदान गर्दै " बरेङबासीको इच्छा,गुणस्तरीय शिक्षा " भन्ने मूल नाराका साथ सामुदायिक विद्यालयहरुको पूर्वाधार विकास, शैक्षिक गुणस्तर वृद्धि र प्राविधिक तथा सिपमूलक शिक्षा व्यवस्था गर्न आ.व २०७९।०८० मा शिक्षा शाखा तर्फ रु१ करोड ८७ लाख ८० हजार विनियोजन भएको छ ।
गाउँपालिकाका सबै बालविकास केन्द्रहरुलाई स्मार्ट टि.भि सहित बालमैत्री र थप सुविधा सम्पन्न बनाउने अभियान अन्तरगत पाइलट प्रोजेक्टका रुपमा एक वडा एक नमुना बालविकास केन्द्र स्थापना गर्न बजेट व्यवस्था गरिएको वक्तव्यमा व्यक्त गरिएको छ ।
"भविष्यको आधार,बालमैत्री पूर्वाधार" भन्ने नाराका साथ गाउँपालिकाका सामुदायिक विद्यालयहरुको पूर्वाधार बालमैत्री बनाउनुका साथै थप सुविधा सम्पन्न बनाउन गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिदै आमा बुवा तथा अभिभावक विहीन अति विपन्न बालबालिकाहरुको माध्यमिक तह सम्मको निशूल्क शिक्षा व्यवस्था गर्न "अभिभावक विहीन बालसंरक्षण कोष"को स्थापना गर्न ३ लाख विनियोजन भएको छ ।साथै गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट S.E.E परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याइ प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गरी प्राविधिक शिक्षा छात्रवृत्ती कार्यक्रम तर्फ रु ८ लाख व्यवस्था गरिएको बताइएको छ ।
स्थानीय पाठ्यक्रम निर्माण सँगै स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तकको समेत व्यवस्था गर्न  ५ लाख बजेट विनियोजन भएको छ ।  
खेलकुदलाई मनोरञ्जन र स्वास्थ्यसँग आबद्ध गराउन युवा तथा खेलकुद विकासका लागि  ५ लाख बजेटको विनियोजन गरिएको छ ।
त्यस्तै स्वास्थ्य तर्फ विगत दुई आर्थिक वर्षमा कोभिड-१९ ले सिर्जना गरेको महामारी र विषम परिस्थितिलाई मध्यनजर गर्दै महामारी व्यवस्थापन, स्वास्थ्य पूर्वाधारको विकास र बिस्तार प्रति विशेष ध्यान पुर्याउँदै गुणस्तरीय र पर्याप्त आधारभूत स्वास्थ्य आम नागरिकको पहुँचमा पुर्याउन स्वास्थ्य  चौकी सञ्चालन,  सामुदायिक स्वास्थ्य इकाई सुदृढीकरण, सञ्चालन तथा व्यवस्थापन, र थप स्वास्थ्य सेवाहरु बिस्तार गर्न रु १ करोड बजेट विनियोजन भएको छ ।
स्वास्थ्य चौकीहरुबाट निशूल्क प्राप्त हुने बाहेकका अन्य अत्यावश्यक औषधिहरु सहुलियतपूर्ण रुपमा नागरिकहरुलाई उपलब्ध गराउने उद्देश्यले सञ्चालित सामुदायिक औषधि कार्यक्रमलाई निरन्तरता दिंदै रु ६ लाख बजेटको व्यवस्था हुनुका साथै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले गाउँपालिकाको आधारभूत स्वास्थ्य, सरसफाइ तथा पोषण सम्बन्धी क्षेत्रमा गरेको उल्लेखीय कार्यको उच्च मुल्याङ्कन गर्दै उहाँहरुलाई सेवा प्रति उत्प्रेरित गर्न महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिदै  तालिमको समेत व्यवस्था मिलाएको वक्तव्यमा उल्लेख गरिएको छ ।
अति विपन्न नागरिकहरुका लागि एम्बुलेन्स सेवामा सहुलियत प्रदानका लागि अनुदानको व्यवस्था गर्ने नीति गाउँपालिकाले ल्याएको छ । ‘बरेङको चाहना, सुरक्षित छाना’को नारासहित संघ र प्रदेश सरकारसँग सहकार्य गरी गाउँपालिकाभित्रका सबै खरको छाना भएका घरलाई जस्तापाताद्वारा विस्थापित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

« बरेङ गाउँपालिकाको नवौं गाउँ सभाको उद्धाटन «

» बरेङ का एक जना जनप्रतिनिधि माथि हातपात »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal