बरेङ का एक जना जनप्रतिनिधि माथि हातपात
८ असार २०७९ । दिपेन्द्र परियार । बरेङ का एक जना जनप्रतिनिधि माथि हातपात भएको छ ।
बरेङ गाँउपालिका वडा न ३ का वडा सदस्य कुमार बोहोरा माथि सोहि वडाको मिलिजुलि एकता कलबका सदस्यहरुले सोमबार राति कलबको रकम हिनामिना गरेको आरोप लगाउदै हातपात गरेका हुन ।
सोमबार बेलुकी बैठकमा बोलाएर कलबका कालु बि.क लगाएत अन्य युवाहरुले आफुमाथि रकम हिनामिना गरेको आरोप लगाउदै हातपात गरेको बोहोराले बताउनु भयो ।
आफुले कलबको कुनैपनि रकम नचलाएको पिडित सदस्यको भनाई छ । “म कलबको कार्यबाहक सचिब हो तर मैले कलबको एक रुपैयाँ पनि पैसा चलाएको छैन ,म माथि झुटो आरोप लगाएर चार पाँच जना युवाहरुले हात हाले” बोहोराले रेडियो बिहानी सँग बताउनु भयो । आफुमाथि अन्याय भएको भन्दै वडा अध्यक्ष सँग सरसल्लाह गरेर अगाडि बढ्ने बोहोराको भनाई छ ।
कलबका अध्यक्ष निराजन बिकले आफु अहिले काठमाण्डौमा रहेकोले बिस्तृत जानकारी नभएको तर बोहोराले कलबलाई दिनुपर्ने बास्तबिक रकम भने नदिएको बताउनु भयो । कुटपिटको बिषयमा आफुले बुझ्ने अध्यक्ष बि.कको भनाई छ ।







