दर्ता. न‌: २४५/०६५/०६६

लघु उद्दम शाखा बरेङद्वारा बोयर पाठापाठी वितरण

२० असार ०७९ ।  बरेङ । गरिबी निवारणका लागि लघुउद्दम शाखाले बोयर पाठापाठी वितरण गरेको छ ।

आ.व. ०७५-७६  को MEDPA कार्यक्रम  बाट बाख्रापालन सम्बन्धि तालिम लिई समूह बनाएर काम गरिरहेको हरियाली नमुना बाख्रापालन समूह बरेङ गाउँपालिका वडा नम्बर २ डाडाकटेरीलाई   एक कार्यक्रमका बीच सोमबार बरेङ गाउँपालिकाको वडा नम्बर २ सिग्दीबाट  करिब ७० हजार रकम बराबरको ८० प्रतिशत अनुदानमा १ वटा बोयर पाठा र २ वटा बोयर पाठी वितरण गरिएको शाखाका सहजकर्ता सुरेन्द्र रानाले बताए  ।

उद्दमीहरुको आवश्यकतालाई मध्यनजर गर्दै स्थानीय श्रोत साधनको सदुपयोग गरौं,सीप सिकौ आम्दानी वृद्धि गरौ भन्ने उद्देश्यका साथ नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय काठमाडौको सहयोग बरेङ गाउँकार्यपालिकाको कार्यालय बाग्लुङको आयोजनामा गरिबी निवारणका लागि लघु उद्दम विकास कार्यक्रम अन्तर्गत उद्दमीलाई आत्मनिर्भर बनाउनका लागि अनुदानमा  बोयर पाठा पाठी वितरण गरिएको लघुउद्दम शाखाले जनाएको छ ।
पालिकाको वडा नम्बर २ हुग्दिशिरका वडा सदस्य श्यामलाल शर्माले उक्त समुहलाई बोयर पाठापाठी हस्तान्तरण गरेका थिए ।
अनुदानमा बोयर पाठापाठी पाएपछी हरियाली  नमुना बाख्रापालन समूहका सदस्यहरु हर्षित भएका छन् । उनिहरु उत्पादनमा जोड दिदै आम्दानी गरेर आत्मनिर्भर बन्ने प्रण समेत गरेका छन् ।

« बरेङ का एक जना जनप्रतिनिधि माथि हातपात «

» बरेङ गाउँपालिकामा विद्युतीय भुक्तानी सेवा सुरु ः झण्डै ३ दर्जन योजनाको भुक्तानी विद्युतिय माध्यमबाट »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal