दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउँपालिकामा विद्युतीय भुक्तानी सेवा सुरु ः झण्डै ३ दर्जन योजनाको भुक्तानी विद्युतिय माध्यमबाट

२० असार २०७९ । बरेङ गाउँपालिकाले विद्युतीय भुक्तानी सेवा सुरु गरेको छ । गाउँपालिकाले आर्थिक प्रणालीलाई पारदर्शी र जफावदेही बनाउनका लागि विद्युतिय भुक्तानी सेवा सञ्चालनमा ल्याएको हो ।

गाँउपालिकाका लेखा अधिकृत गोकुल शर्माका अनुसार हालसम्म बिद्युतिय माध्यमबाट बरेङका करिब ३ दर्जन योजनाहरुको भुक्तानी गरिसकिएको छ ।

यो सेवा सुरु भएसँगै सेवाग्राहीलाई चेकका लागि घन्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको साथै सेवाग्राहीको बैंक खातामै पैसा स्थानान्तरण हुने भएकाले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सकिएको लेखा अधिकृत शर्माको भनाई छ ।

सेवाग्राहीले पेस गरेका कागजपत्रका आधारमा भौचर उठाइ सोही आधारमा खातामा नगद रकम स्थानान्तरण गरिने छ । आर्थिक कारोबारको डे क्लोजिङ हुने भएकाले हिसाब गर्नमा समेत आर्थिक प्रशासन शाखाका कर्मचारीले विगतको जस्तो झन्झट व्यहोर्नु नपर्ने जनाइएको छ ।

कार्यालयमा चेक लिनका लागि दिनुपर्ने समय, बैंकमा लाईन बस्नुपर्ने बाध्यता र एउटै चेक नगदमा परिणत गर्ने बेलासम्मका झण्झटमा उपभोक्तालाई कमी भएको अधिकृत शर्माले बताउनुभयो । 

« लघु उद्दम शाखा बरेङद्वारा बोयर पाठापाठी वितरण «

» गुल्मीको चन्द्रकोट गाँउपालिकामा वातावरण संरक्षण तथा सरसफाई अभियान सुरु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal