दर्ता. न‌: २४५/०६५/०६६

गुल्मीको चन्द्रकोट गाँउपालिकामा वातावरण संरक्षण तथा सरसफाई अभियान सुरु

२० असार २०७९, दिपेन्द्र परियार । शान्तिपुर ।गुल्मीको चन्द्रकोट गाँउपालिकामा वातावरण संरक्षण तथा सरसफाई अभियान सुरु भएको छ । हामी असल नागरीक , हामी बनाउछौ हाम्रो चन्द्रकोट सफा चन्द्रकोट भन्ने नारा सहित सोमबार देखि अभियान सुरु भएको हो । अभियान मा पहिलो दिन जनचेतना मुलक गोष्ठी तथा वाताबरण संरक्षण समिति गठन भएको लायन्स सस्थापक अध्यक्ष सरोज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार शान्तिपुरका लागी वडा न ४ का वडा अध्यक्ष बलबहादुर बस्नेतको संयोजकत्वमा १७ सदस्यीय समिति निर्माण गरियो  समितिको अन्य सदस्यहरुमा बिद्यालयका शिक्षक ,बिद्यार्थी ,लायन्स कलबअफ बुटवल गुल्मीका लायन्सहरु,तथा चन्द्रकोट गाँउपालिकाका कर्मचारीहरु रहेका छन । 

त्यस्तै कार्यक्रममा बिद्यालय स्तरिय वाताबरण संरक्षण सरसफाई समिति तथा अनुगमन टोली पनि गठन गरिएको छ । कार्यक्रममा सरसफाई सम्बन्धी जनचेतना मुलक पर्चा बितरण,वाताबरण संरक्षण तथा सरसफाई सम्बन्धी नारा सहितको ¥यालिले शान्तिपुर बजार परिक्रमा गरेको थियो ।

चन्द्रकोट गाँउपालिकाका मुख्य बजारहरु शान्तिपुर र मजुवा बजारलाई सफा स्वच्छ र सुन्दर बनाउने लक्ष अनुरुप अभियान को सुरुवात भएको हो ।

बजार क्षेत्रका बिद्यालयहरु लाई ३महिना भित्र पुर्ण पलाष्टिक मुक्त र सफा र हरियाली बनाउने लक्ष लिएको लायन्स सदस्य मनोज गुरुङले बताउनु भयो ।

अभियानले १ बर्ष भित्र पालिकाका मुख्य बजार हरुलाई पलाष्टिक मुक्त गर्ने ,स्वच्छ हारियाली वातावरणमैत्री बजार बनाउने लक्ष लिएको छ । 

लायन्स कलब बुटवल गुल्मीको संयोजन चन्द्रकोट गाँउपालिकाको आयोजनामा सम्पन्न कार्यक्रम चन्द्रकोट गाँउपालिकाका अध्यक्ष युवराज केसीकको प्रमुख आतित्थ्यता ,लायन्सकलब अफ बुटवल गुल्मीका सस्थापक अध्यक्ष सरोज गुरुङको अध्यक्षता,लायन्सका सचिब कमल खत्रीको स्वागत तथा लायन्सका सदस्य अन्जु पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

« बरेङ गाउँपालिकामा विद्युतीय भुक्तानी सेवा सुरु ः झण्डै ३ दर्जन योजनाको भुक्तानी विद्युतिय माध्यमबाट «

» अरिङगालले चिलेर बरेङका एक युवा गम्भीर घाईते ः थप उपचारका लागी पाल्पा लगियो »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal