सर्बोदय माबिमा शुभकामना आदान प्रदान सहित बिबिध कार्यक्रम सम्पन्न ।
दिपेन्द्र परियार, बरेङ । २३ आश्विन २०७५ । बागलुङको बरेङ गाँउपालिका वडा नं. २ बरेङ बजार स्थित सर्बोदय माध्यमिक बिद्यालयमा शुभकामना आदान प्रदान सहित बिबिध कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयले बिजया दशमी तथा शुभदिपावली २०७५को शुभकामना आदान प्रदान तथा दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन सहित पुरस्कार बितरण, सम्मान तथा बिदाई कार्यक्रम मंगलवार सम्पन्न गरेको हो ।
कार्यक्रम अनुसार बिद्यालयको कक्षा १ देखि ११ सम्मको दोस्रो त्रैमासिक परिक्षाको नतिजा प्रकाशन तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरिएको थियो भने नबआगन्तुक शिक्षक तुलेन्द्र पुनलाई स्वागत तथा बिद्यालयमा लामो समयदेखि कार्यलय सहयोगिका रुपमा कार्यरत कर्मचारि राम बहादुर पुनलाई बिदाई गरिएको थियो ।
नब आगन्तुक शिक्षक तुलेन्द्र पुन र नब आगन्तुक कार्यलय सहयोगि नरमाया थापा लाई बिद्यार्थी, प्रमुख अतिथी यज्ञ प्रसाद न्यौपाने बिद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरा पुन लगायतले माला तथा अबिरले स्वागत गरेका थिए भने सोह अबसरमा कक्षा ११ बाट राष्ट्रिय परिक्षा बोर्डको परिक्षामा उत्तिर्ण हुन सफल ३० जना बिद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रम पछि बोल्दै प्रमुअ अतिथी यज्ञ प्रसाद न्यौपानेले कक्षा ११ को नतिजा अन्य संकायको भन्दा बिज्ञान संकायमा राम्रो आएकोमा बधाई ज्ञापन गर्दै समग्र नतिजालाई राम्रो बनाउन सबै लागि पर्नुपर्ने बताए ।
कार्यक्रममा बैदेशिक रोजगारिको शिलशिलामा ज्यान गुमाएका अभिभावककी छोरी कक्षा ३ की छात्रा साबित्रा थापालाई नेपाल सरकारले प्रदान गरेको छात्रा बृत्ति स्वरुपको ८ हजार रुपैया हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा शिक्षक कृष्ण प्रसाद आचार्य, धनिस्वर शर्मा, सबिन थापा, चित्र थापा, सर्बोदय क्याम्पस प्रमुख फूलकुमारि शर्मा आचार्य, बिधार्थी आषिश गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बरेङ गाँउपालिकाका उपाध्यक्ष दिल कुमारि पुन र शिक्षक अभिभावक संघका अध्यक्ष ललित पाध्याको बिषेश उपस्थितिमा पुरस्कार बितरण लगायतका कार्यक्रम सम्पन्न भएको थिया भने भुपु प्रअ चित्र थापाले सामाजिक लेखा परिक्षणको प्रतिबेदन सार्बजनिक गरेका थिए ।
कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा पुनको अध्यक्षता, शिक्षक टोमनाथ शर्माको स्वागत मन्तव्य तथा शिक्षक द्वोय तुलेन्द्र पुन र पुर्ण भद्र शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
« अखिल छैठौंको शुभकामना आदन प्रदान कार्यक्रम जनता माबि पोखरिबारीमा । «