अरिङगालले चिलेर बरेङका एक युवा गम्भीर घाईते ः थप उपचारका लागी पाल्पा लगियो
दिपेन्द्र परियार । २३ असार २०७९। बरेङमा अरिङगालले चिल्दा एक युवा घाईते भएका छन । बिहिबार साँझ अरिङगाल झिक्न गएका बरेङ गाँउपालिका वडा न १ धुल्लुबास्कोटका बर्ष २९ का रेसम रानालाई अरिङगालले चिलेपछि गम्भीर घाईते भएका थिए ।
गम्भीर घाईते रानाको बरेङ बजार स्थित बिहानी पोलीकिल्नीकमा उपचारपछि अबस्था सामान्य रहेको छ । बिरामीको अबस्था सामान्य भएपनि परिवारको आग्रहमा थप परिक्षण तथा उपचारका लागी पाल्पा तर्फ पठाईएको बिहानी पोलिकिल्नीकका प्रमुख नरेश क्षेत्रीले बताउनु भयो ।
« गुल्मीको चन्द्रकोट गाँउपालिकामा वातावरण संरक्षण तथा सरसफाई अभियान सुरु «







