बरेङमा ट्याक्टर मर्मत गर्नेक्रममा च्यापियर सहचालक घाईते
दिपेन्द्र परियार ।२५ असार २०७९ । बरेङमा ट्याक्टर मर्मत गर्नेक्रममा एक जना घाईते भएका छन । बरेङ गाँउपालिका वडा न ३ बाटाकाचौरमा रेड स्टार निर्माण सेवाकोे ट्याक्टर मर्मत गर्ने क्रममा एक्कासी हाईडोलिक फेल भएर ट्याक्टरको ट्रली झर्दा सहचालक बर्ष २२का बिशाल थापा घाईते भएका ईलाका प्रहरी कार्यलय बरेङले जानकारी दिएको छ ।
ट्याक्टरको हाईड्रोलिक पाईप फेर्न लाग्दा ट्रली एक्कासी झर्दा थापाको टाउकोमा चोट लागेको रेडस्टार निर्माण प्रालिका सञ्चालक दान बहादुर थापाले बताउनु भयो ।घाइतेलाई उपचारका लागी पाल्पा तर्फ लगिएको छ । बिरामीको अबस्था सामान्य रहेको सञ्चालक थापाले बताउनु भयो ।
« अरिङगालले चिलेर बरेङका एक युवा गम्भीर घाईते ः थप उपचारका लागी पाल्पा लगियो «
» बरेङमा नाईरोबी फ्लाइ जातको किराको संक्रमण भयाबह ः बिरामीलाई नआत्तिन स्वास्थ्यकर्मीहरुको सुझाब »







