दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा नाईरोबी फ्लाइ जातको किराको संक्रमण भयाबह ः बिरामीलाई नआत्तिन स्वास्थ्यकर्मीहरुको सुझाब

दिपेन्द्र परियार २५ असार २०७९। नाइरोबी फ्लाइ जातको किराको संक्रमण बरेङमा पनि देखिएको छ । बरेङ गाँउपालिका तथा गुल्मीको कालिगण्डकी गाँउपालिकामा समेत नाईरोबी किराको संक्रमण देखिएको बरेङ बजार स्थीत मेडिकलका स्वास्थ्य कर्मीहरुले बताएका छन ।

औसतमा दैनिक १० जना नाईरोबी किराको संक्रमणका बिरामीहरुको उपचार गर्ने बरेङ गाँउपालिकाका जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुनले बताउनु भयो ।

“नाईरोबी किराको संक्रमणका बिरामीहरु आज मात्रै १३ जना हेरे रेखा फार्मेसीका सञ्चालक देवेन्द्र आर्चायले भन्नु भयो , अस्ती अस्ती त झनै धेरै आईरहेका थिए म सँगको मौजाद औसधीले समेत थेग्ने अबस्था थिएन ।” 

बिहानी पोलीकिल्नीकमा समेत यो किराको संक्रमणमा बिरामीहरु बाक्लै आउने गरेको पोलीकिल्नीक प्रमुख नरेस क्षेत्रीले बताउनु भयो । त्यस्तै सरकारी अस्पताल हरुमा समेत संक्रमितहरु पुग्ने गरेका हुग्दिसिर स्वास्थ्य चौकीका हेल्थ असिस्टेन प्रसासन बुढा मगरले बताउनु भयो । उहाँका अनुसार स्थास्थ्य चौकीमा दैनिक २ देखि ३ जना संक्रमितहरु उपचारका लागी पुग्ने गरेका छन । तर बरेङको वडा न ५ सुखौरामा भने अहिले सम्म यो किराको संक्रमीतहरु नदेखिएको सुखौरा स्वास्थ्य चौकी प्रमुख सरला पुनले बताउनु भयो । 

यो किराको संक्रम बढे पनि डराउनुपर्ने अवस्था नरहेको डाक्टरले बताएका छन् । 

मानिसको शरीरमा आएर बस्ने र मानिसले किरालाई हातले फाल्दा किरामा थिचिन गई रस निस्कन्छ । त्यो रसमा रहेको पेडेरिन तत्व एसिडले छालामा सङ्क्रमण गराउँदछ । किरालाई शरीरबाट सजिलै फाल्नसक्ने हो भने सङ्क्रमण नहुने डाक्टरहरु बताउछन । एसिड छालामा लागेपछि २४ घण्टाभित्रमा छाला रातो हुने, बिबिरा आउने, जनैखटिरा आउने, चिलाउने जस्ता लक्षण देखिने  गरेको बरेङ बजार स्थित स्वास्थ्यकर्मीहरु बताउछन।

लक्ष्यण देखिएकामध्ये पनि धेरैलाई आफैँ सञ्चो हुने र सञ्चो नभए नजिकैको स्वास्थ्य सस्थामा उपचारका लागि जानुपर्ने हुन्छ ।  

« बरेङमा ट्याक्टर मर्मत गर्नेक्रममा च्यापियर सहचालक घाईते «

» अवरुद्ध बनेको कालिगण्डकीको करिडोरको बरल्वा पुर्तीघाट सडकखण्ड खुल्यो ः पुर्तीघाट अर्वेनी सडकखण्ड भने अझै अवरुद्ध »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal